arrow

तीर्थयात्री सवार बस दुर्घटना हुँदा २६ जनाको मृत्यु, तीन गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २३ सोमबार
Screenshot 2022-06-06 104109.jpg

काठमाडौं । भारतको उत्तराखण्डमा गएराति तीर्थयात्री बोकेको एउटा बस दुर्घटनामा पर्दा २६ जनाको मृत्यु भएको छ । बस खाल्डोमा खस्दा २६ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । जसमा तीन जना गम्भीर घाइते भएका छन् । २८ यात्रुसहित चालक र क्लिनर रहेको उक्त बस पहाडी राज्यको मुख्य तीर्थस्थल यमुनोत्री जाँदै थियो ।

सबै तीर्थयात्री मध्यप्रदेशका हुन् । प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ‘आफ्ना प्रियजनहरू गुमाउनेहरू’ प्रति शोक व्यक्त गरेका छन् ।  प्रधानमन्त्री मोदीले उत्तराखण्डमा भएको बस दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई दुई लाख भारु र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा पनि गरेका छन् ।

त्यसैगरी मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंहले मृतकका परिवारलाई जनही पाँच लाख भारु दिने घोषणा गरेका छन् । गम्भीर घाइतेलाई ५० हजार भारु दिनुका साथै उपचार निःशुल्क गर्ने पनि मुख्यमन्त्री सिंहले बताएका छन् ।  

 ‘राज्य सरकारको निगरानीमा स्थानीय प्रशासन घटनास्थलमा सम्भव भएसम्मको सहयोगमा जुटेको छ,’ प्रधानमन्त्री कार्यालयले ट्विट गरेको छ ।
दुर्घटनापछि मुख्यमन्त्री शिवराज सिंह चौहानसहित राज्यमन्त्री बिजेन्द्र प्रताप सिंह, डीजीपी सुधीर सक्सेना, अतिरिक्त मुख्य सचिव (गृह) राजेश राजोरालगायतको टोली देहरादून प्रस्थान गरेको थियो । 

दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ