arrow

चितुवाले आक्रमण गरेपछि सुरक्षाको माग गर्दै मधुवनका स्थानीय उत्रिए सडकमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २३ सोमबार
Bardiyanikunja.jpeg

बर्दिया । बर्दियाको मधुवन नगरपालिका-२ छोट्की सोनाहा निवासी ४१ वर्षीया अस्मिता थारुलाई चितुवाले आक्रमण गरी घाइते बनाएपछि ओराली बजारमा सडक बन्द गर्दै स्थानीयले सुरक्षाको माग गरेका छन् ।

मधुवन क्षेत्रमा वन्यजन्तुको आक्रमण दोहोरिएपछि बाघ अनुगमन गर्न निकुञ्जलाई अनुरोध गरिएको बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रममार्फत संयुक्तरूपमा बाघ अनुगमन भइरहेको बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए । 

केही दिनअघि सोही क्षेत्रमा पाटेबाघको आक्रमणमा परी मधुवन नगरपालिका-२ की कौसिला शाहीको मृत्यु भएको थियो । तीन वर्षयता बाघको आक्रमणबाट बर्दियामा २३ जनाको मृत्यु भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ