arrow

केपी ओलीले नियुक्त गरेका महाप्रबन्धक पौडेललाई हटाउन प्रेम आले सफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २३ सोमबार
dim-prasad-poudel-nac-gm-expeled.jpg

काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई सोमबार बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । 

पौडेललाई यसअघि मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । निगमको हित विपरीत काम गरेको उल्लेख गर्दै मन्त्रालयले महाप्रबन्धक पौडेललाई मन्त्रालयमा ताने थियो । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पौडेलले निगमको हित विपरीतमा काम गरे भन्दै बर्खास्तका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए । 

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पौडेललाई चार वर्षका लागि निगमको महाप्रबन्धकमा नियुक्त गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ