arrow

ई-बिलिङ जारी गर्ने विषयमा विभागसँग सुनचाँदी व्यवसायीले गरे परामर्श

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २५ बुधबार

काठमाडौं । विद्युतीय माध्यमबाट बीजक (ई-बिलिङ) जारी गर्ने विषयमा नेपाल सुनचाँदी व्यवसायी महासंघले आन्तरिक राजस्व विभागसँग परामर्श गरेको छ । 

महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासङ्घको प्रतिनिधिमण्डलले आन्तरिक राजस्व विभागका महानिर्देशक रितेश कुमार शाक्यसँग भेट गरी सम्बद्ध विषयमा आवश्यक परामर्श गरिएको हो । 

आन्तरिक राजस्व विभागले हालै आर्थिक वर्ष २०७७-७८ र २०७८-७९ को मूल्य अभिवृद्धि कर तथा आय विवरण मध्ये कुनै एक आर्थिक वर्षको कारोबार रकम १० करोड भन्दा बढी जुनसुकै वस्तु तथा सेवाको कारोबार गरेका कर दाताहरूले अनिवार्य रूपमा विद्युतीय विजक जारी गर्नुपर्ने व्यवस्था गरेको सूचना निकालेको छ । सोही विषयमा देखिएको अष्प्रष्ताका बारेमा महासङ्घका अध्यक्ष शाक्यले जिज्ञासा राखेका थिए । 

त्यस क्रममा विभागका महानिर्देशक शाक्यले विद्युतीय माध्यमबाट बीजक जारी गर्ने विषयमा थप प्रष्ट पार्दै विभागका महानिर्देशक शाक्यले १० करोड भन्दा बढी जुनसुकै वस्तु तथा सेवाको कारोबार गरेका कर दाताहरूले अनिवार्य रूपमा विद्युतीय विजक जारी गर्नुपर्ने व्यवस्था गरिएको प्रष्ट पार्दे यसले लेखा प्रणालीलाई व्यवस्थित बनाउन सहयोग पुर्‍याउने बताए । 

उनका अनुसार यो व्यवस्था अनुसार विद्युतीय विजक जारी गर्दा त्यो केवल व्यवसायीको लेखा प्रणालीमा मात्रै आबद्ध हुने छ । जसले व्यवसायीलाई विद्युतीय कारोबार गर्ने वानी बसाल्ने उनको भनाई छ ।

महानिर्देशक शाक्यसँगको भेटका क्रममा महासङ्घका उपाध्यक्ष विपिन रामुदामु लगायतको उपस्थिति थियो । त्यस क्रममा सुनचाँदी व्यवसायका विभिन्न पक्षमाथि छलफल भएको थियो । 
 



नयाँ