arrow

नबिलले सार्वजनिक शौचालय सञ्चालन गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २५ बुधबार
nabil-ktm-metro-mou-2079.jpg

काठमाडौँ। नबिल बैङ्कले काठमाडौँ महानगरपालिकामा रहेका आफ्ना तोकिएका शाखाहरूका शौचालयहरूलाई निःशुल्क सार्वजनिक शौचालयको रूपमा उपलब्ध गराउने भएको छ। काठमाडौँ महानगरपालिका र नबिल बैङ्कबिच सम्झौता भए सँगै सर्वसाधारणले अब महानगरभित्र रहेका १८ शाखाहरूका शौचालयहरूलाई निःशुल्क रूपमा प्रयोग गर्न सक्नेछन्।

नगर कार्यपालिकाको जेठ १६ को निर्णयअनुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्‍याउन गरेको काठमाडौँ महानगरको आह्वान अनुरूप नबिल बैङ्कले आफ्नो ऐक्यबद्धता जनाएको हो।

महानगरले शौचालय सार्वजनिक प्रयोगको लागि भएको सूचना सहितको सङ्केत बोर्ड प्रस्ट देखिने गरी बैङ्कका शाखाहरूमा उपयुक्त ठाउँमा जडान गर्ने बैङ्कले जनाएको छ।

बैङ्कले सार्वजनिक प्रयोगका लागि सञ्चालनमा ल्याउने सार्वजनिक शौचालयको सरसफाइ र आवश्यक सामानहरूको व्यवस्था सामाजिक उत्तर दायित्व अन्तर्गत स्वयंले गर्नेछ। साथै शौचालयको नियमित मर्मत, सम्भार र सरसफाइ, पानीको प्रबन्ध, निकासको व्यवस्था दुरुस्त राख्नेछ। बैङ्कका अनुसार यो सम्झौता पाँच वर्ष अवधिको लागि गरिएको हो।

नबिल बैङ्कका कार्यकारी निर्देशक अनिल केशरी शाहले महानगरका नवनिर्वाचित मेयरको काठमाडौँलाई व्यवस्थित गर्ने नीति अनुरूप बैङ्कले पनि ऐक्यबद्धता जनाएको बताए। “नबिलको सँगै अघि बढौँ भन्ने नाराका साथ हामी देश र जनताका लागि सधैँ सँगै अघि बढी रहन्छौँ। नबिल बैङ्कले दिगो बैङ्किङको अवधारणा अनुरूप काठमाडौँको फोहोर मैला व्यवस्थापनमा पनि सहकार्य गर्नेछौँ। ,” उनले बताए।

महानगरले सञ्चालनमा आएका शौचालयको अनुगमन तथा मूल्याङ्कन प्रत्येक चार चार महिनामा गर्नेछ। यस सम्झौताले आम महानगरको सार्वजनिक शौचालयको सेवालाई चुस्त र व्यवस्थित गर्न मद्दत पुर्‍याउने सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख नुरनिधि न्यौपानेले बताए।

सन् १९८४ देखि आफ्ना सम्माननीय ग्राहकहरूलाई समायनकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैङ्कको १५० शाखा, १८७ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरू रहेको नबिल बैङ्कले नेपाली बैङ्किङ क्षेत्रमा नविनतम् सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैङ्किङ विकासको इतिहासमा कोसे ढुङ्गाको रूपमा काम गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ