arrow

कुमारी बैङ्क र अन्नपूर्ण केबलकारबीच सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २५ बुधबार
kumari-bank-annapurna-cable-car.jpg

काठमाडौँ। कुमारी बैङ्क लिमिटेड र पोखरा स्थित अन्नपूर्ण केबलकारबीच बैङ्कका ग्राहकहरूलाई अन्नपूर्ण केबलकारबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ। यस सम्झौता अनुसार कुमारी बैङ्क लिमिटेडका ग्राहकहरूले सो संस्थाबाट सेवा लिए बापत कुनै पनि भुक्तानी कुमारी बैङ्कको डेबिट कार्ड वा पिओएसबाट भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

सो सम्झौता पत्रमा कुमारी बैङ्कका गण्डकी प्रदेशका प्रमुख नवीन राज पौडेलज्यूले तथा अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरे।

कुमारी बैङ्कले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैङ्किङ इकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैङ्किङ सुविधाहरू दिँदै आएको र आगामी दिनहरूमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ