arrow

भारतमा हमलाको धम्की दियो अल कायदाले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २५ बुधबार
al-qaeda-fighter.jpg

काठमाडौं । अतिवादी समूह अल–कायदाले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का सदस्यहरूले गरेको टिप्पणीका कारण भारतका गुजरात, उत्तर प्रदेश, मुम्बई र दिल्लीमा आतंककारी हमला गर्ने धम्की दिएको छ । पैगम्बरको अपमान गरेको भन्दै भारतीय उपमहाद्वीपमा अल–कायदा (एक्यूआइएस) समूहले यस्तो धम्की दिएको हो । 

६ जुनमा लेखिएको पत्रमा एक्यूआइएसले ‘पैगम्बरको सम्मानको लागि लड्न’ आत्मघाती हमला गर्ने जनाएको छ । ‘अपमानको प्रतिक्रियास्वरूप विश्वभरका मुस्लिमहरूको हृदयको रगत बगेको र बदला तथा प्रतिशोधको भावना भरिएको उल्लेख छ ।

१० दिनअघि भारतको समाचार च्यानल टाइम्स नाउ १ मा भएको एउटा टेलिभिजन बहसमा भाजपा प्रवक्ता नुपुर शर्माले पैगम्बर मोहम्मद बारेमा  टिप्पणी गरेकी थिइन् । 

उनको टिप्पणीलाई लिएर आक्रोश बढिरहेका बेला  भाजपाका अर्का नेता नविन कुमार जिन्दलले पैगम्बरबारे ट्वीट गरेका थिए । विरोधपछि उक्त ट्वीट उनले हटाएका थिए । 

सोही विषयलाई लिएर प्रवक्ता शर्मालाई निलम्बन गरेको छ भने जिन्दललाई पार्टीबाट निस्काशन गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ