arrow

भारतमा सात हजार २४० नयाँ संक्रमित

logo
एएनआई,
प्रकाशित २०७९ जेठ २६ बिहिबार
corona-virus-covid-19.jpg

नयाँदिल्ली । भारतमा बुधबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा थप सात हजार २४० कोरोना संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । 

सोमबाार तुलना मङ्गलबार कोरोना संक्रमण ४१ प्रतिशतले बृद्धि भएको थियो । गत मङ्गलबारबाट महाराष्ट्र राज्यमा कोरोना संक्रमण बृद्धि दर बढ्को पाइएको छ । बुधबार साँझसम्म महाराष्ट्रमा दैनिक संक्रमण दुई हजार ७०१ जनामा देखिएको थियो ।    
  
हाल भारतमा कोरोनाका सक्रिय संक्रमित सङ्ख्या ३२ हजार ८९८ रहेका छन् । सक्रिय संक्रमितको यो सङ्ख्या भारतमा हालसम्म भएका कोरोना संक्रमितको ०.०८ प्रतिशत भएको जनाइएको छ । 

बुधबार मध्यरातिसम्म अर्थात् २४ घण्टाको समयावधीमा तीन हजार ३९१ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड २६ लाख ४० हजार ३०१ पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८.७१ प्रतिशत रहेको छ । 

भारतमा कोरोना शुरुभएदेखि हालसम्म कुल ८५ करोड ३८ लाख परीक्षण भएको छ । भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९४ करोड ५९ लाख ८१ हजार ६९१ हजार खोप लगाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ