arrow

सीजी डिजिटल प्रिमियम मल्टि ब्राण्ड इलेकट्रोनिक्सको २१ औँ शोरुम अब जोरपाटीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २६ बिहिबार
cg--digital-21-showroom-jorpati.jpg

काठमाडौँ। नेपालको सबै भन्दा ठुलो प्रिमियम मल्टि ब्राण्ड इलेकट्रोनिक्स सीजी डिजिटलको नयाँ शोरूम काठमाडौँको जोरपाटीमा सञ्चालनमा आएको छ।

चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरी र गोकर्नेशोर नगरपालिका मेयर दीपक रिसालले शोरुमको अनावरण गरेका छन्।

सीजी इलेकट्रोनिक्स अन्तर्गत रहेका यस शोरुममा विभिन्न प्रतिष्ठित ब्राण्डहरू एलजि,सीजी , गोदरेज, टिसिएल, सेन्सेइ, केन्ट, पिजन, एलिका, ब्ल्याक+ डेकर, बेको र माईडिया जस्ता अन्तर्राष्ट्रिय ब्राण्डहरूका ७०० भन्दा बढी घरायसी उपकरणहरू उपलब्ध रहने कम्पनीले जनाएको छ।

शोरुम सञ्चालनको अवसरमा आफ्ना उपकरणहरूको खरिदमा विशेष छुट तथा उपहार  प्रधान गर्ने कम्पनीले जनाएको छ।

साथै, ग्राहकलाई मध्यनजर गर्दै फ्री डेलिभोर, लोयल्टी प्रोग्राम, फ्री माइक्रोवेभ ओभन कुकिङ क्लास-डेमो, ० प्रतिशत ब्याज दरमा किस्ता बन्दि, एक्सचेन्ज अफर जस्ता सुविधाहरू पनि उपलब्ध गराएको छ।

कम्पनी स्वामित्वको यो २१औँ शोरुम रहेको र आगामी दिनहरूमा पनि देशका विभिन्न सहरहरूमा यसरी नै सीजी डिजिटल शोरुमहरू विस्तार गर्दै जाने सीजी डिजिटलको लक्ष्य रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ