arrow

मेरिल्याण्ड गोलीकाण्डमा तीनको मृत्यु

logo
एएनआई,
प्रकाशित २०७९ जेठ २७ शुक्रबार
Bullet_Fire.jpeg

मेरिल्याण्ड । यहाँस्थित स्मिथ्सवर्गमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ ।  एउटा कारखानामा भएको गोलीकाण्डमा उनीहरूको मृत्यु भएको हो ।  

राज्यका एक सैनिक अधिकारीलाई काँधमा गोली लागेको मेरील्याण्डका गभर्नर ल्यारी होगनले बताएका छन् । गभर्नरले आक्रमणकारीबारे जानकारी नभएको जनाएका छन् ।

आक्रमणकारीले उत्तरी मेरिल्याण्डमा रहेको सोलुम्बिया मेसिन कारखानामा गोली चलाएको थियो । वासिङ्टनको प्रहरी कार्यालयले बिहीबार दिउँसो करिब २.३० बजे बाल्टिमोर शहरबाट करिब ७५ माईलटाढा स्मिथ्सबर्गको कोलम्बिया मेसिनमा गोली चलेको बताएको छ ।

गत केही वर्षयता संयुक्त राज्य अमेरिकाभर बन्दुक हिंसा बढ्दै गएको छ । कोभिड–१९ महामारीको कारणले आर्थिक र सामाजिक अवरोधहरूदेखि लिएर २०२० को चुनावमा भएको अशान्ति, बढ्दो बन्दुकको बिक्रीका कारण धेरै नरसंहारका घटना भएका हुन् । 

यो वर्ष  देशमा बन्दुक हिंसाका कारण एक हजार ७०० सयभन्दा बढी मारिएका वा घाइते भएका छन् ।  उक्त अवधिमा अमेरिकामा  कम्तिमा एकसय १० गोलीबारी भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ