arrow

धेरैपछि हल्लायो उपत्यका, भक्तपुर केन्द्रबिन्दू भएर भूकम्प 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २८ शनिबार
earthquake-final.jpeg

काठमाडौं । लामो समयउपछि काठमाडौं उपत्यकालाई राम्रै महसुस हुने गरी हल्लाएको छ । शनिबार बिहान सबै निद्रामा भएका बेलामा भूकम्पले हल्लाएको हो । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान २ः३६ बजे भक्तपुरको चाँगुनारायण केन्द्रबिन्दू भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

उपत्यकाभित्रै केन्द्रबिन्दू भएकाले राम्रैसँग महसुस हुने गरी भूकम्प गएको हो । यसको महसुस भक्तपुर, काठमाडौं र ललितपुरमात्र नभइ छिमेकी जिल्लाहरुमासमेत परेको छ । 

मानिसलाई भन्दा पहिले चराचुरुङ्गी र कुकुरलाई भूकम्पको झड्काबारे महसुस हुने भनिए पनि निद्रामै रहेका चराचुरुङ्गी र कुकुरहरु भूकम्प आएपछि मात्रै कराएका थिए । 

उपत्यकामा लामो समयपछि यहीं केन्द्रबिन्दू भएर यतिठूलो झड्का आएको हो । 

यसअघि जेठ २४ गते बैतडीमा केन्द्रबिन्दू भएर ४ रेक्टर स्केलको, जेठ ९ गते ताप्लेजुङ केन्द्रबिन्दू भएर ४.३ रेक्टर स्केलको, ८ मिनेटको अन्तरमा ताप्लेजुङमै ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ