arrow

मारिओपोलमा हैजा प्रकोपको जोखिम

logo
एजेन्सी,
प्रकाशित २०७९ जेठ २८ शनिबार
mariupol-ukraine.jpg

किभ। युक्रेनी बन्दरगाह सहर मारिओपोलमा हैजा प्रकोपको जोखिममा रहेको बेलायतको रक्षा मन्त्रालयले जनाएको छ। रुसी सेनाको हमलामा ध्वस्त प्रायः बनेको मारिओपोल अहिले रुसी नियन्त्रणमा छ। राष्ट्रसङ्घका अनुसार सहरको धेरैजसो पूर्वाधार क्षतिग्रस्त भएको छ भने पानी ढलमा मिसिएको छ।

हैजा सामान्यतया दूषित खानेकुरा वा पानी पिउनाले लाग्ने गर्छ। यो खराब सरसफाइसँग जोडिएको हुन्छ। जम्मा नगरिएका शव र फोहोरले वातावरण नै प्रदूषित बनेको छ।

मारिओपोलमा पहिले नै महामारी फैलिएको थियो। हैजा, पखला र अन्य सङ्क्रामक रोगहरू पहिले नै सहरमा देखिएको र प्रकोपबाट बच्न सहर बन्द गरिएको सो सहरका मेयरले बताएका छन्। रुसी सेनाले नियुक्त गरेका ती मेयरले नियमित परीक्षण गरिएको र हैजाको कुनै केस रेकर्ड नभएको बताए।

युक्रेनको स्वास्थ्य मन्त्रालयले मारिउपोलबाट जानकारीमा सीमित पहुँच रहेको तर युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रमा परीक्षण गरेको र कुनै पनि केस फेला नपरेको बताएको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ