arrow

पाकिस्तानका पूर्व राष्ट्रपति मुसरफ अस्पताल भर्ना, अवस्था गम्भीर

logo
एएनआई,
प्रकाशित २०७९ जेठ २८ शनिबार
pervez-musharraf-pakistan-president-army.jpg

इस्लामावाद। पाकिस्तानका पूर्व राष्ट्रपति जनरल पर्वेज मुसरफ अस्पताल भर्ना भएका छन्। पछिल्लो तीन हप्तादेखि दुबई स्थित एक अस्पतालमा भर्ना गरेर उनको उपचार भइरहेको अधिकारीहरूले शुक्रवार जनाएका छन्। सुविधा सम्पन्न अस्पतालमा उपचार भइरहेपनि अवस्थामा खासै सुधार नआएको र अवस्था गम्भीर नै रहेको पारिवारिक सदस्यहरूले बताएका छन्।

उनीहरूका अनुसार उनको अवस्थामा सुधार आउने कुनै सम्भावना छैन भने शरीरका धेरै अङ्गमा समस्या उत्पन्न भएको छ। 

मुसरफको ट्विटर हेन्डलमै उनका परिवारजनको तर्फबाट लेखिएको सन्देशमा उनलाई भेन्टिलेटरमा भने नराखिएको स्पष्ट पारिएको छ।

उनको अवस्थामा सुधार होस् भनेर आफूहरूले प्रार्थना गरिरहेको पनि उनका आफन्तले बताएका छन्।

ट्विटरमा लेखिएको छ, “उहाँलाई भेन्टिलेटरमा राखिएको होइन। उहाँको अवस्था गम्भीर छ। तत्काल सुधार हुने सम्भावना पनि छैन। उहाँका अधिकांश अङ्गले काम गरेका छैनन्। त्यसैले उहाँलाई सजिलो होस् भनेर हामीले कामना गरिरहेका छौँ।”

सन् २००१ देखि २००८ सम्म पाकिस्तानको राष्ट्रपति बनेका मुसरफको जन्म भने भारतको नयाँ दिल्लीमा भएको थियो। सैन्य उच्च अधिकारी रहेकै बेला सन् १९९९ मा सैन्य कु गरेर उनले राज्य सत्ता हातमा लिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ