arrow

युक्रेनमाथिको आक्रमणले रुसभित्र देखा पर्न थाले कहाली लाग्दा संकट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २८ शनिबार
russia-mascow-ukraine-war-russia-putin.jpg

काठमाडौं । जुन ३ मा रुसले युक्रेनमाथि जारी राखेको आक्रमणकाे १०० दिन पूरा भयाे । युद्धबिरामतर्फ अहिलेसम्म कुनै प्रगति भएको छैन ।क्रेमलिनले लामो समयदेखि युक्रेनमा युद्ध नभएर विशेष सैन्य अपरेशन गरिरहेको दाबी गरेका छन् । अहिले क्रेमलिनले मास्को समर्थक पूर्वी युक्रेनका दुई राज्य डोनेट्स्क र लुगान्स्कमा आफ्नो केन्द्र बनाएको छ ।

युद्धको १०० दिन भन्दा बढी भइसक्दा यसको असर युक्रेन र विश्वका अन्य भागमा मात्रै हैन् रुसभित्रसमेत कहाली लाग्दो स्थिति बन्दै गएको छ । युक्रेनमाथिको आक्रमणले रुसी जनजीवनमा आमूल परिवर्तन भएको छ ।

सैन्य क्षति

क्रेमलिनले मार्च २५ मा १३५१ रुसी सैनिकको युद्धमा ज्यान गएको तथ्यांक सार्वजनिक गरेको थियो । त्यसयता युद्धमा ज्यान गुमाउने सैनिकको संख्या थप सार्वजनिक गरिएको छैन ।

कतिपय बाहिरी समाचार एजेन्सी, स्वतन्त्र अनुसन्धानले ३ हजार १ सय ४ रुसी सैनिकको ज्यान गएको जनाएका छन् ।

यद्यपि, यो संख्यासमेत वास्तविक आंकडा भन्दा कम भएको बताइएको छ । अमेरिकी सैन्य विश्लेषक माइकल कोफम्यानले करिब १० हजार रुसी सैनिक मारिएको जनाएका छन् ।

यसरी युद्धमा मारिने रूसी सैनिकहरू रूसको सबैभन्दा गरिब क्षेत्रका देखिएका छन् । आर्थिक र सामाजिक स्थिति कमजोर भएका उत्तर काकेशस गणतन्त्र चेचन्या, दागेस्तान,  साइबेरियन गणतन्त्र बुरियाटिया जस्ता क्षेत्रका पुरुषहरुको संख्या युद्धमा ज्यान गुमाउनेमध्ये सबैभन्दा बढी छ ।

रुसभित्र आक्रमण

युद्ध शुरु भएको चार दिनपछि मास्को क्षेत्रको लुहोभित्सी शहरका २१ वर्षीय व्यक्तिले स्थानीय सैन्य भर्ती कार्यालयमा धेरै मोलोटोभ ककटेलहरू फ्याँकेर आक्रमण गरेका थिए।

युक्रेनमाथिको आक्रमणमा पूर्ण सैन्य परिचालन हुने सम्भावनाको विरोध स्वरुप आक्रमण गरेको प्रहरीलाई बताएका थिए ।

त्यसयता रूस र क्रिमियाका दर्जन भन्दा बढी सैन्य भर्ती कार्यालयहरूमा आक्रमण भएको छ ।

युद्धविरोधी आन्दोलन

फेब्रुअरी २४ को साँझ नै हजारौं रुसीहरू युक्रेनमाथि आक्रमण गर्ने क्रेमलिनको निर्णयको विरोध गर्न सडकमा उत्रिएका थिए। स्वतन्त्र मनिटर ओभीडी इन्फोका अनुसार युक्रेनविरुद्ध आक्रमणको विराध गर्ने १९०० जना नागरिक एकै दिन पक्राउ परेका थिए ।

बढ्दो प्रहरी हिंसाकाबीच युक्रेन युद्धविरोधी प्रदर्शन र जुलुसहरु मार्च अन्त्यसम्म आइपुग्दा धेरै कम भइसकेको छ ।

हाल शान्तिपूर्ण प्रदर्शन भइरहे पनि गिरफ्तार भने जारी छ । युद्धको १०० दिन पूरा भइसक्दा १५ हजार ४ सय ४५ भन्दा बढी प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

आर्थिक संकट

युक्रेनमाथिको आक्रमणपछि सबैजसो पश्चिमा मुलुकहरुले रुसमाथि कयौं प्रतिबन्ध लगाएका छन् । रुसमाथि यति प्रतिबन्ध लाग्दै गए कि रुस अहिले इरान, सिरिया र उत्तर कोरियालाई पछाडि पार्दै विश्वको सबैभन्दा बढी प्रतिबन्धित मुलुक बन्न पुग्यो ।

यसले रुसमा कयौं अन्तर्राष्ट्रिय व्यापारिक संघसंस्थाहरुलाई त्यहाँबाट बाहिर निकाल्यो । केही कम्पनीहरू जस्तै अमेरिकी कफी जायन्ट स्टारबक्स, नैतिक चिन्ता र प्रतिबन्धहरू अन्तर्गत काम गर्न असक्षमता उद्धृत गर्दै रूसी बजारबाट पूर्ण रूपमा बाहिरियो ।

यस्तै अरु धेरै कम्पनीहरुले स्थानीय खरीददारहरूलाई इजाजतपत्र बेच्न वा नयाँ लगानी स्थगित गरे ।

पश्चिमी प्रतिबन्ध र आयात प्रतिबन्धका कारण रुसको मुद्रास्फीति २० वर्षयताकै उच्च बन्न पुग्यो । युद्धको प्रारम्भिक दिनहरूमा बढ्दो मुद्रास्फीतिले खरिद बढाउँदा अप्रिलमा भने मूल्य वृद्धि सुस्त भयो ।

रूसले मे महिनामा साप्ताहिक अपस्फीतिसमेत रेकर्ड गरेको छ । यसले त्यहाँ माग घटेको र साथै आसन्न मन्दीको संकेत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ