arrow

चिनियाँ रक्षामन्त्रीले भने- सम्बन्ध सुधार्ने कि बिगार्ने अमेरिकाको हातमा छ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २९ आइतबार
Wei Fenghe.jpg

काठमाडौं । चिनियाँ रक्षामन्त्री वेई फेङ्गेले आइतबार चीन र अमेरिकाबीचको सम्बन्ध महत्वपूर्ण मोडमा रहेको भन्दै दुईपक्षीय सम्बन्ध सुधार गर्ने कुरा संयुक्त राज्य अमेरिकाको हातमा रहेको बताएका छन् ।

एसियाली सुरक्षा बैठकमा बोल्दै उनले आक्रामकता नभएर चीनले शान्ति र स्थायित्व मात्रै खोजेको बताएका छन् । यस्तै उनले अमेरिकालाई एकता सुदृढ गर्न र टकराव र विभाजनको विरोध गर्नसमेत आह्वान गरेका छन् ।

उनले शनिबार अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनको भाषणमा अमेरिकी गाली, आरोप र धम्कीलाई चीनले दृढताका साथ अस्वीकार गरेको बताएका छन् ।

'चीनलाई गाली र नियन्त्रण गर्न बन्द गर्न हामी अमेरिकी पक्षलाई अनुरोध गर्दछौं। चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न बन्द गर्नुहोस्। अमेरिकी पक्षले त्यसो गर्न नसकेसम्म द्विपक्षीय सम्बन्धमा सुधार हुन सक्दैन,' पिपुल्स लिबरेसन आर्मीका जनरलको पोशाक लगाएका चिनियाँ विदेश मन्त्री वेईले सांग्रिला संवादमा बोल्दै भने ।

अमेरिकी रक्षा मन्त्री अस्टिनले शनिबार चिनियाँ विमान र अन्य देशका जहाजहरू बीच असुरक्षित र अव्यवसायिक भिडन्तहरूको संख्यामा डरलाग्दो वृद्धि भएको बताएका थिए । उनले संयुक्त राज्य अमेरिका ताइवानसहित आफ्ना सहयोगीहरूको साथमा उभिने समेत बताएका थिए ।

सांग्रिला संवादले युक्रेनमा रूसको आक्रमणलाई बैठकको केन्द्रमा राखेको थियो । वेईले चीनले शान्ति वार्तालाई समर्थन गरेको र अधिकतम दबाब प्रयोग गरी हतियार उपलब्ध गराउने कुराको विरोध गरेको बताएका थिए ।

आईआईएसएस एशिया सुरक्षा शिखर सम्मेलन अथवा साङ्ग्रि ला संवाद (एसएलडी) एक ट्र्याक वन अन्तरसरकारी सुरक्षा सम्मेलन हो जुन सिङ्गापुरमा एक स्वतन्त्र थिंक ट्याङ्क, इन्टरनेशनल इन्स्टिच्युट फर स्ट्र्याटेजिक स्टडीजद्वारा वार्षिक रूपमा आयोजना गरिन्छ। 

यसमा वार्तामा प्रायः एसिया प्रशान्त राज्यहरूका रक्षा मन्त्रीहरू, मन्त्रालयका स्थायी प्रमुखहरू र सैन्य प्रमुखहरू सहभागी हुने गर्छन्। सन् २००२ देखि आयोजना गरिँदै आएको एसियाली सुरक्षा बैठकको नाम सिंगापुरको साङ्ग्रिला होटलबाट राखिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ