arrow

सिकागोमा मात्रै गोली प्रहार गरी सप्ताहान्तमा पाँचको मृत्यु, १६ घाइते

logo
एएनआई,
प्रकाशित २०७९ जेठ ३० सोमबार
gun-bullet-ar.jpeg

सिकागो । अमेरिकामा पछिल्लो समय लगातार एकपछि अर्को  गोली प्रहारको घटना भएका छन् ।ती मध्ये सिकागोमा मात्रै पछिल्लो हप्तान्तमा भएका घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अरु १६ जना घाइते भएका छन् । 

अमेरिकाभरी सुरक्षाका नाममा व्यक्ति व्यक्तिलाई बन्दुक राख्न अनुमति दिने की नदिने बहस चलिरहेका बेला घटना पनि बढी रहेका छन् । पछिल्लो समय गोली प्रहारका घटनामा परी धेरैको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । पछिल्लो पटक शनिबार दिउसो १२.१९ बजे साउथ अल्वानीमा भएको घटनामा परी ३७ बर्षिय एक महिलाको हत्या भएको छ ।

यात्रा गरिरहेकी ती महिलालाई अपरिचित व्यक्तिले विना कारण गोली प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरी अधिकारीहरुले घटनाका बारेमा अनुसन्धन भइरहेको जनाएका छन् । यही हप्तान्तमा सिकागोकै अन्य ठाउँहरुमा पनि गोली प्रहारका अन्य घटनाहरु समेत भएको प्रहरी कार्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ