arrow

इमरानले प्रधानमन्त्रीलाई दिए चुनौती

logo
एएनआई,
प्रकाशित २०७९ जेठ ३० सोमबार
imran-khan-pok.jpg

इस्लामावाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले वर्तमान प्रधानमन्त्री शेहबाज शरिफलाई आगामी निर्वाचन जितेर देखाउन चुनौती दिएका छन् । 

अल्पमतमा परेपछि पुरा कार्यकाल जिम्मेबारी लिन नपाई प्रधानमन्त्री पदबाट वाहिरिएका खानले आफैलाई विस्थापित गरेका वर्तमान प्रधानमन्त्री सरिफलाई चुनौती दिएका हुन् । 

पाकिस्तान तेहरिक ए इन्साफ (पिटीआइ) का अध्यक्ष समेत रहेका खानले आगामी निर्वाचनमा पनि आफ्नो पार्टीले नै बहुमत ल्याउने दाबी गरे । अहिले भइरहेको गठवन्धन सरकारमा सहभागी दलहरुले आगामी निर्वाचन जित्नु असंभव रहेको उनको भनाई छ । 

आगामी निर्वाचनपछिको नतिजामा गठवन्धनका दलहरु र आफ्नो पार्टीका बीचमा ठूलो अन्तर हुने पनि पूर्व प्रधानमन्त्री खानले दाबी गरे । 

उनले वर्तमान सरकारको समेत चर्को आलोचना गर्दै आगामी निर्वाचनमा सरकारमा सहभागी सबै दललाई हराउन आम नागरिकलाई अनुरोध पनि गरे । 

सरकारका गलत क्रियाकलापका बारेमा आफ्नो पार्टीले सर्बोच्च अदालतबाट कानुनी उपचार खोज्ने उनले जानकारी दिए ।

आफुले कोरोना भाइरसको महामारी फैलिएको बेलामा पनि धेरै काम गरेको दाबी गर्दै उनले अहिलेको सरकारले भने जनताको पक्षमा केही काम गर्न नसकेको आरोप लगाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ