arrow

कुमारी बैङ्क र ड्रिमल्याण्ड गोल्ड रिसोर्टबीच सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३० सोमबार
kumari-bank-dreamland-gold-resort-mou.jpg

काठमाडौँ। कुमारी बैङ्क लिमिटेड र बुटवलस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलबीच बैङ्कका ग्राहकहरूलाई रिसोर्टबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट दिने समझदारी भएको छ।

सो सम्झौता पत्रमा कुमारी बैङ्कका मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्यले तथा ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलका तर्फबाट महाप्रबन्धक लक्ष्मण खड्काले हस्ताक्षर गरेका छन्।

डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित र प्रोत्साहन गर्नका निमित्त कुमारी बैङ्कले यस सहकार्य मार्फत रिसोर्टका विभिन्न सेवाहरूमा विशेष छुटको प्रावधान गरेको हो। बैङ्कका डेबिट-क्रेडिट कार्डवाहकहरूले उक्त होटेल बसाइँमा रुम शुल्कमा ३० प्रतिशत र खानपानमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ।

कुमारी बैङ्कले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैङ्किङ इकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैङ्किङ सुविधाहरू दिँदै आएको र आगामी दिनहरूमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ