arrow

एमालेले माग्यो अर्थमन्त्रीको राजीनामा, जनार्दनको कुरा नसुन्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३१ मंगलबार
janardan-budgets.PNG

काठमाडौं । नेकपा (एमाले)ले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको छ । करको दरमा साठगाँठ गरेको आरोप लागेपछि अर्थमन्त्री पदमा बस्न निमिल्ने भन्दै एमालले राजिनामा मागेको छ । एमालेले अर्थमन्त्रीको जवाफ सुन्न पनि अस्वीकार गरेको छ।

 एमालेका तर्फबाट पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले राजश्वको दरहरू परिवर्तन गरेको विषयमा स्पष्टीकरण नआएसम्म अर्थमन्त्रीको जवाफ नसुन्ने बताए। उनले भने,' केही दिन देखि नेपालका पत्रपत्रिका हरूले बजेट निर्माणको सिलसिलामा अनधिकृत मानिसहरूसहितको साठगाँठका कुरा गरेर करको दर तलमाथि गरिएको सार्वजनिक भएका छन् । यस सन्दर्भमा एमालेले हिजो गम्भीरतापूर्वक प्रश्न गरेको थियो । योगेश भट्टराईले दलको सरोकार राख्नुभएको थियो । तर अर्थमन्त्रीले सदनमा आएर कुनै जानकारी प्रस्ट पार्नुभएन यो ज्यादै आपत्ति जनक कुरा हो ।' 

बजेटको अघिल्लो दिन त्यहाँ अर्थ मन्त्रालयका कर्मचारी बाहेक कसैलाई प्रवेश दिइँदैन । करको दरको बारेमा छलफल चलिरहेको बेलामा सचिव देखि सबैको फोन दराजमा लक गरेर छलफलमा बस्ने प्रचलन रहेको छ । उनले गम्भीर विषयमा प्रश्न उठेपछि अर्थमन्त्री पदमा बस्न नमिल्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको समेत ध्यानाकर्षण गराए। उनले भने,'गम्भीर प्रश्न उठेपछि अर्थमन्त्री त्यो पदमा बस्न लायक हुनुहुन्छ ? प्रधानमन्त्रीबाट सदनमा यसको जवाफ चाहिन्छ ।'

‘अर्थमन्त्रीज्यूको काम क्रियाकलापप्रति विवाद आइरहेका बेलामा अब अर्थमन्त्रीको कार्यक्रममा सहभागी नहुने’ मङ्गलवार बिहान प्रतिनिधि सभामा नेकपा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी गराए । त्यसपछि एमालेका सांसदहरू सिटबाट उठेका थिए । आफ्नो ध्यानाकर्षण भएको भनी सभामुख अग्निप्रसाद सापकोटाले भनेसँगै एमालेका सांसदहरू सिटबाट बसेर संसद्मा भाग लिएका छन् । 
 



नयाँ