- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इजरेली सरकारसँग आफ्नो आन्तरिक समस्याहरू समाधान गर्न वा पतनको सामना गर्न दुई हप्ताको समय रहेको प्रधानमन्त्री नाफ्ताली बेनेटले इजरेली नेसेट (संसद) लाई भनेका छन् ।
बेनेटको आफ्नै दक्षिणपन्थी यामिना पार्टीका सदस्य नीर ओर्बाकले सोमबार सरकारी गठबन्धनसँग मतदान गर्न रोक्ने भनेपछि बेनेटले यस्तो टिप्पणी गरेका हुन् ।
प्रधानमन्त्री नाफ्ताली बेनेट नेतृत्वको कमजोर गठबन्धनले सोमबार कार्यालयको एक वर्ष पूरा गरेको छ । तर गठबन्धनलाई जोगिन मुस्किल परेको छ ।
नेसेटको विशेष सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री बेनेटले भने, 'हामीसँग गठबन्धनमा समस्याहरू समाधान गर्न एक हप्ता वा दुई हप्ता छ र त्यसपछि हामी लामो समय टिक्न सक्छौं र हामीले गरिरहेको राम्रो (काम) लाई जारी राख्न सक्छौं ।'
'तर यदि हामी सफल भएनौं भने हामी जारी राख्न सक्षम हुने छैनौं,' बेनेटले अघि भनेका छन् ।
हालैका हप्ताहरूमा विद्रोहका कारण आठ भिन्न पार्टीहरूको गठबन्धनलाई कानून पारित गर्न बहुमत नपुगेपछि गठबन्धन नै कहिलेसम्म टिक्छ भन्ने प्रश्न उठ्न थालेको छ ।
भ्रष्टाचारको मुद्दा लागेका लामो समयदेखि सत्ताधारी नेता बेन्जामिन नेतान्याहुको शासनपछि बेनेटको सरकारले गत जुनमा शपथ लिएको थियो। गठबन्धनमा कट्टर दक्षिणपन्थी, उदारवादी र अरब पार्टीहरू सामेल छन्। तिनीहरू नेतान्याहुको विरोधमा एकजुट छन् । तर अरू केही समानता छैन।
देशको संसदमा इजरेलको दक्षिणपन्थी प्रभावशाली छ । तर यो नेतान्याहुका समर्थक र विरोधीहरूबीच विभाजित छ।