arrow

सुडानको डार्फरमा एक हप्तामा १ सयको मृत्यु

logo
सिन्ह्वा,
प्रकाशित २०७९ जेठ ३१ मंगलबार
sudan-map.jpg

खार्तुम । सुडानको डार्फरमा पछिल्लो एक हप्तामा झण्डै एक सय मानिस मारिएका छन् ।संयुक्त राष्ट्रसङ्घीय निकायले सोमबार सार्वजनिक गरेको विवरणअनुसार सुडानको पश्चिमी डार्फरमा मात्रै उनीहरु मारिएका हुन् ।

डार्फरको कुल्बुसमा लामो समयदेखि हिंसात्मक घटनाहरु हुदै गएकाले त्यसैमा परेर उनीहरुको मृत्यु भएको राष्ट्रसंघीय शरणार्थी सम्बन्धी निकायले जनाएको छ ।स्थानीय अरब मिलिसियाले विभिन्न गाउँहरुमा आक्रमण गर्दै आएका छन् । निरन्तर आक्रमणका कारण हजारौँ मानिस विस्थापित पनि भएका छन् ।

राष्ट्रसंघीय अधिकारीहरुले हिंसात्मक घटना निरन्तर भइरहेकाले मानवीय क्षति पनि निरन्तर हुदै आएको बताएका छन् । उनीहरुले हिंसा अन्त्य गर्नेगरी तत्काल समस्या समाधानका उपायहरु खोज्न पनि सरोकारवालाहरुलाई आग्रह गरेका छन् । 

जनताको जीवन रक्षाका लागि स्थानीय अगुवा, अधिकारप्राप्त व्यक्तिहरु, सुरक्षाकर्मीलगायत सबैले ध्यान दिनुपर्नेमा पनि उनीहरुले जोड दिएका छन् । डार्फर क्षेत्रमा सन् २००३ देखि गृह युद्ध भइरहेको छ । तत्कालिन राष्ट्रपति ओमर अल बशिर विरुद्ध सुरु भएको द्वन्द्व अहिले पनि चलिरहेको छ । राष्ट्रपति बशिरलाई भने सन् २०१९ को अप्रिलमा अपदस्थ गरिएको थियो । 
  
त्यसपछि भएका विभिन्न सहमती तथा सम्झौताहरु पालना नभएकाले द्वन्द्व चलिरहेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ