arrow

टिभीको बजारमा ३२ प्रतिशत हिस्सा ओगटेर पहिलो स्थानमा रहने एलजीको उद्देश्य

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३१ मंगलबार
lg-logo.jpg

काठमाडौँ। दक्षिण कोरियाली उपभोक्ता इलेकट्रोनिक्स प्रमुख एलजीले २०२२ मा भारतीय टिभी बजारको ३२ प्रतिशत हिस्सा लिने लक्ष्य राखेको छ, जसमा करिब ५ प्रतिशतको लाभले यस सेग्मेन्टमा नम्बर एक खेलाडी बन्ने उद्देश्य रहेको छ, कम्पनीका एक शीर्ष अधिकारीले भने।

कम्पनीले आफ्ना ग्राहकहरूलाई गुणस्तरीय दृश्यको अनुभव प्रदान गर्ने टिभी क्षेत्रमा अग्रणी बन्ने उद्देश्य राखेकाले लोकल इन्साइटका साथै रिटेल र बिक्री पछिको सञ्जाल विस्तार गदै अघि बढ्ने योजना राखेको छ, एलजी इलेकट्रोनिक्स इन्डिया निर्देशक, होम इन्टरटेन्मेन्ट हाक ह्युन किमले जानकारी दिए।  एलजी नेपालले पनि स्थानीय बजारमा आफ्नो स्थिति बलियो बनाउने प्रयास गरिरहेको बेला यो विज्ञप्ति आएको हो।

“हाम्रो आकाङ्क्षा नम्बर एक टिभी ब्रान्ड बन्ने हो। हामी २०२२ बाट बाहिरिँदा करिब ३२ प्रतिशत बजार हिस्सा हामीसँग हुनेछ,” ह्युम किमले नयाँ दिल्लीमा एक अन्तर्वार्तामा भने।

ह्युम किम थप्नुहुन्छ – भारतीय टिभी बजार ४.६ बिलियन डलर भएको अनुमान गरिएको छ र यहाँ दक्षिण कोरियाली फर्मको २०२१ मा लगभग २७ प्रतिशत बजार हिस्सा थियो।

“हामीले भारतीय उपभोक्तालाई धेरै राम्रोसँग बुझेका छौँ र यसले हामीलाई हाम्रो बजार हिस्सामा हरेक वर्ष सुधार गर्न मद्दत गरिरहेको छ। हामी पैसाको अनुपातमा उचित मूल्य प्रदान गर्ने उत्पादनहरू लिएर आउँदैछौं,” ह्युम किमले भने। नेपालको सन्दर्भमा पनि यो कुरा सम्बन्धित र सान्दर्भिक रहेको छ।

भारतीय उपभोक्ता जस्तै नेपालका एलजी प्रशंसकहरू प्नि ब्राइटर प्यानेल र लाउड साउन्ड बेस मन पराउँछन्। साथै, एलजी इलेकट्रोनिक्स इन्डियाले ७० इन्च वा माथिका स्क्रिन साइजहरूको प्रिमियम टिभी सेटहरूको रेन्जमा आफ्नो बजार नेतृत्व कायम राख्ने आशा लिएको छ।

“कम्पनीले एस्क्ट्रा लार्ज सेग्मेन्टमा अत्यधिक वृद्धि भइरहेको महसुस गरिरहेको छ। यो वृद्धि १x र २x भन्दा माथिको हो,” किमले भने, “यो बजारको ५ देखि ६ प्रतिशत मात्र हो तर यो तीव्र रूपमा बढिरहेको छ।”

“कोभिड महामारी पछि उपभोक्ताहरूको टिभी हेर्ने बानीमा परिवर्तन आएको छ। मानिसहरू अब अल्ट्रा–ठुला स्क्रिनहरूको साथ घरमा सिनेमाको अनुभव लिन चाहन्छन् र कम्पनीले ती व्यवहारिक परिवर्तनहरू देखिरहेका छन्,” किम थप्छन्।

“यस सेग्मेन्टमा विशिष्ट प्रविधिका साथ हामी नम्बर एक हुन चाहन्छौँ। हामी उपभोक्ताहरूलाई भिन्न किसिमको गुणस्तरीय डिस्प्ले र भिविङ अनुभव प्रदान गर्न चाहन्छौँ” किम भन्छन्।

नेपालको टिभी उद्योगले स्मार्ट फिचर सहितको ठुला स्क्रिन साइज सेटतर्फ परिवर्तन भइरहेको बुझेको छ। अब उपभोक्ताका लागि ४२ इन्चको स्क्रिन साइज पहिलो रोजाइमा रहन थालेको छ।

किमका अनुसार अहिले भारतीय बजारमा ४प् टिभीको ठुलो हिस्सा रहेको छ, जसमा एलजी नम्बर वान स्थानमा पहिल्यै देखि रहिरहेको छ।

पछिल्लो वर्ष ४५ प्रतिशत विक्री भएको टिभी प्यानेलहरु ४प् टिभी रहेको थियो र यस वर्ष कम्पनीले ५५ प्रतिशत हुने अपेक्षा गरेको छ।

“यो सेग्मेन्ट छिटो बढिरहेको छ र एलजी पनि यसमा विशेष ध्यान दिइरहेको छ,” किमले थप्दै भने।

यस सेग्मेन्टमा अग्रणी हुने एलजीको महत्त्वाकाङ्क्षाको बारेमा प्रश्न गर्दा किमले कम्पनीको उत्पादन लाइन, यसको वितरक र डिलरहरूको फराकिलो नेटवर्क र विक्रीपछिको सेवा जस्ता विभिन्न कुराहरूलाई ध्यानमा राखेर यो लक्ष्य सिर्जना गरिएको बताए। 

“यो प्रयासहरूको मिश्रण हुनेछ, जुन मार्केटिङ, विक्री, उत्पादन र अन्य रणनीतिहरूबाट आउँदछ। यो लक्ष्य प्राप्त गर्न हामी सक्षम छौँ,” किम भन्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ