arrow

बजेटपछि स्यानिटरी प्याड उद्योगी आक्रोशित : सिंहदरबार घेर्ने चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १ बुधबार
janardan-budget.PNG

काठमाडौं । आर्थिक वर्ष बजेटलाई लिएर स्यानिटरी प्याड उद्योगीहरू आक्रोशित बनेका छन् । अर्थमन्त्री जनार्दन शर्माले कर दरमा तलमाथि गरेको बाहिरिएपछि  स्यानिटरी प्याड उद्योगीहरू आक्रोशित बनेका हुन् । 

आगामी आर्थिक वर्ष २०७९-८० को बजेट वक्तव्यमा स्यानिटरी प्याडमा लाग्दै आएको १५ प्रतिशत भन्सार महसुलमा ९० प्रतिशत कटौती गरी १.५ प्रतिशत कायम गरिएको छ । 

नेपाल स्यानिटरी प्याड उत्पादक सङ्घका अध्यक्ष डोलराज अधिकारीले ६ हजारले रोजगार पाएको स्यानिटरी प्याड उद्योग आज सरकारले बजेटमार्फत लिएको गलत नीतिका कारण धराशायी बनेको आरोप लगाएका छन् । नेपालको उद्योगलाई धराशायी बनाउँदै सरकारले विदेशी प्याडलाई प्रोत्साहन गर्ने नीति लिएको भन्दै उनले आपत्ति जनाएका हुन् । 

नेपाली उद्योगलाई पूर्ण रूपमा धराशायी बनाउने नीति सरकारले लिएको भन्दै देश सेनेटरी प्याड उत्पादनमा आत्मनिर्भर हुँदाहुँदै पनि विदेशी सामाग्री भित्र्याएर नेपाली उद्योग चल्ने नसक्ने अवस्थामा पुर्‍याएको उनले आरोप लगाए । आफूहरूले उठाएको जायज माग सरकारले सम्बोधन गर्नुपर्ने अधिकारीको भनाई छ ।  

उनले भने,‘आफैँ सेनेटरी प्याडको २५ प्रतिशत शेयर होल्डर भएको नेपाल सरकारले नेपाली उद्योगलाई धराशायी बनाउने र सिद्ध्याउने नीति लिएको छ ।’ 

उपभोक्तालाई सस्तो पर्ने देखाएर सरकारले विदेशी सामानमा १ प्रतिशत मात्र अन्त शुल्क लिएको भन्दै उनले तत्काल निर्णय सच्चाउनुपर्ने सुझाव दिए । सेनेटरी प्याड उत्पादनमा पूर्ण रूपमा नेपाल आत्मनिर्भर भएको उनको दाबी छ। 
गत ०७७-७८ सालमा नेपाल आफैँले ३ अर्बको सेनेटरी प्याड उत्पादन गरेको सुनाए । यदि माग सुनुवाइ नभए केही दिनभित्रै ६ हजार मजदुर र सबै उद्योगीहरूले संसद् भवन र सिंहदरबार घेर्ने चेतावनी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ