arrow

रुसले आपूर्ति घटाउँदा युरोपमा ग्यासको मूल्य बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १ बुधबार
europe-union-russia-oil.jpg

काठमाडौं । रुसको राज्य नियन्त्रित ऊर्जा जायन्ट गाजप्रोमले मंगलबार युरोपमा प्रमुख पाइपलाइनमार्फत रुसी प्राकृतिक ग्यास आपूर्ति यस वर्ष लगभग ४० प्रतिशतले घट्ने जनाएको छ ।

युक्रेन माथिको युद्धलाई लिएर क्यानाडाले लगाएका प्रतिबन्धका कारण जर्मन साझेदार सिमेन्स इनर्जीले उपकरण वितरण गर्नबाट रोकेपछि यस्तो स्थिति सिर्जना हुने भएको हो ।

जर्मनीको युटिलिटी नेटवर्क एजेन्सीले ग्यास आपूर्ति खतरामा परेको नदेखेको जनाएको छ । नोर्ड स्ट्रिम १ पाइपलाइनमार्फत कम ग्यास आउनुलाई व्यावसायिक व्यवहार र रुसले डेनमार्क र नेदरल्याण्ड्समा ग्यास कटौती गरेको पहिलेकै निर्णय अनुसार भएको भनिएको छ ।

फेडरल नेटवर्क एजेन्सीले स्थितिको अनुगमन गरिरहेको बताएको छ। तर मंगलबार युरोपमा ग्यासको मूल्य दोहोरो अंकले बढेको छ । युरोपको बेन्चमार्क ग्यासको मूल्य डच टीटीएफ हबमा ग्यासको मूल्यमा १३ प्रतिशतले बढेको हो ।

उर्जाकै मुल्य वृद्धि भएका कारण १९ युरोपेली देशहरुमा पहिले नै मुद्रास्फीति ८.१ प्रतिशतले बढेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ