arrow

मेक्सिकोमा प्रहरीको कारबाहीमा १० बन्दुकधारी मारिए

logo
सिन्ह्वा,
प्रकाशित २०७९ असार १ बुधबार
mexico-map.png

मेक्सिको सिटी। मेक्सिकोमा प्रहरी कारबाहीमा परी कम्तीमा पनि १० जना बन्दुकधारीको ज्यान गएको बताइएको छ। मेक्सिकोको टेक्सकल्टालिन नगरपालिकामा प्रहरीले गरेको कारबाहीमा ती बन्दुकधारी मारिएका बताइएको छ।

सो क्षेत्रमा सरकारी अधिकारीहरूले त्यहाँ विभिन्न अपराधमा परेका मानिसहरूलाई पक्राउका लागि पुर्जी लिएर गएका थिए ।त्यस क्रममा त्यहाँ रहेका बन्दुकधारीहरूले सो सरकारी टोलीमाथि नै गोली चलाएका थिए।

त्यस क्रममा प्रहरीले गरेको कारबाहीमा परेर ती बन्दुकधारी मारिएका प्रहरी अधिकारीले जनाएका छन् ।त्यस कारबाहीका क्रममा अरू सात जना बन्दुकधारीलाई पक्राउ गरिएको छ। पक्राउ परेकामा चार जना प्रहरीको गोली लागेर घाइते भएका पनि रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ