arrow

युक्रेनका राष्ट्रपति र क्यानाडाका प्रधानमन्त्रीबीच रक्षा सहयोग बारे फोनवार्ता

logo
सिन्ह्वा,
प्रकाशित २०७९ असार १ बुधबार
volodymyr-zelensky-ukraine.jpg

किभ। युक्रेन राष्ट्रपति र क्यानाडाका नेताका बीचमा युक्रेनका लागि आवश्यक रक्षा सहयोगका बारेमा छलफल भएको बताइएको छ। युक्रेन राष्ट्रपति भोलोदमिर जेलिन्स्किी र क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउबीच सो वार्ता भएको हो। त्यस वार्ताका क्रममा उनीहरूका बीचमा हाल युक्रेनलाई आवश्यक पर्ने रक्षा सम्बन्धी सहयोगको आदान प्रदान गर्ने विषयमा छलफल भएको बताइएको छ।

युक्रेन राष्ट्रपति जेलिन्स्किीले मङ्गलवार ट्विट गरेर दिनुभएको जानकारीअनुसार उहाँ र क्यानाडाका प्रधानमन्त्रीका बीचमा फोनमा वार्ता भएको थियो र युक्रेनलाई आगामी दिनमा आवश्यक पर्ने रक्षासम्बन्धी सहयोगका बारेमा कुराकानी भएको थियो।

रुसले अहिले पनि युक्रेनमा हमला गरिरहेकाले यहाँ प्रतिरक्षाका लागि सहषेग आवश्यक रहेको बताइएको छ। यसअघि पनि क्यानाडाले युक्रेनलाई रक्षा सम्बन्धी सहयोग गर्दै आएको बताइएको छ। गत हप्ता मात्र क्यानाडाका रक्षामन्त्री युक्रेनको भ्रमणमा पुगेर आवश्यक सहयोग उपलब्ध गराउने बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ