arrow

अस्ट्रेलियामा न्यूनतम पारिश्रमिक ५.२ प्रतिशतले वृद्धि

logo
सिन्ह्वा,
प्रकाशित २०७९ असार १ बुधबार
australia-flag.jpg

क्यानर्बेरा। अस्ट्रेलियामा कार्यरत कामदारहरूको न्यूनतम पारिश्रमिक ५.२ प्रतिशतले वृद्धि गरिएको छ। विभिन्न उपभोग्य वस्तुहरूको मूल्य वृद्धि भएकाले कामदारहरूको सेवा सुविधामा पनि वृद्धि गर्नुपर्ने भएकाले न्यूनतम पारिश्रमिक वृद्धि गरिएको हो। 

स्वतन्त्र कार्य आयोग (एफडब्लुसी)ले बुधवार घोषणा गरेको न्यूनतम पारिश्रमिक अनुसार अस्ट्रेलियामा कार्यरत मजदुरहरूको अबको न्यूनतम पारिश्रमिक २१.३८ अस्ट्रेलियन डलर हुने भएको छ। यसअघि न्यूनतम पारिश्रमिक २०.३३ अस्ट्रेलियन डलर थियो। 

हरेक मजदुरले हप्तामा ४० अस्ट्रेलियन डलर थप कमाउन सक्ने पनि आयोगका अधिकारीहरूले जानकारी दिएका छन्। आयोगको यस निर्णयले अस्ट्रेलियाका झन्डै २७ लाख कामदारलाई प्रभावित पार्ने भएको छ। केन्द्रीय सरकार र प्रधानमन्त्री एन्थोनी अल्बानीले यसअघि नै कम्तीमा ५.१ प्रतिशत पारिश्रमिक वृद्धि गर्न आग्रह गरेका थिए।

तर विभिन्न कर्मचारी सङ्गठनहरूले भने कम्तीमा ५.५ प्रतिशत पारिश्रमिक वृद्धि गर्नुपर्ने माग गर्दै आएका थिए। सरकारी पक्ष र कामदार पक्ष दुवैको मागको बिचमा रहेर ५.२ प्रतिशत वृद्धि गर्ने निर्णय आयोगले गरेको छ।

आयोगका अध्यक्ष आइन रोसले तल्लो तहका कर्मचारीहरूले आफूहरूको पारिश्रमिक अति न्यून भएकाले दैनिकी चलाउनै गाह्रो भएकाले जतिसक्दो धेरै बढाउन आग्रह दबाब दिने गरेको बताए।

उनले भने, “विशेष गरेर तल्लो तहका कर्मचारीहरूले तलब धेरै पढाउन पटक पटक दबाब दिँदै आएका थिए।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ