arrow

गण्डकीको बजेट हात्तीको देखाउने दाँत : गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १ बुधबार
Kiran-Gurung.jpg

पोखरा । गण्डकी प्रदेश सरकारका पूर्व अर्थमन्त्री किरण गुरुङले प्रदेशको नयाँ बजेटलाई हात्तीको देखाउने दाँतको संज्ञा दिएका छन् । 

उनले एमालेको सरकारको अल्पकालिन तथा दीर्घकालिन योजनालाई कटौती गर्दै बजेट विनियोजन गरिएको आरोप लगाए । प्रदेश सरकारको बजेट वक्तव्यमा समावेश गरिएका कुनै पनि कार्यक्रम सम्पन्न हुने गरी नआएको भन्दै उनले चुनाव केन्द्रित र आफ्ना कार्यकर्तालाई पोस्ने गरी बजेट विनियोजन गरिएको आरोप लगाए । 

उनले भने, “सरकारले ल्याएको बजेट हात्तीको देखाउने दाँत मात्रै हो । नीति तथा कार्यक्रम कर्मकाण्डी थियो, त्यसैअनुरुपको बजेट आएछ । यो बजेटको कुनै तुक छैन । आफ्ना कार्यकर्तालाई पोस्ने र जनतालाई मारमा पार्ने बजेट आएको छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ