- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेलले गण्डकी प्रदेश सरकारको नयाँ बजेटले निजी क्षेत्रलाई निरुत्साहित बनाएको बताएका छन् ।
सरकारले निजी क्षेत्रबाट अपेक्षा धेरै गरेतापनि बजेटमा निजी क्षेत्रलाई माथि उठाउने गरी बजेटमा खासै केही नआएको उनले दुःखेसो पोखे ।
प्रदेशमा अन्तर्राष्ट्रिय सम्मलेन केन्द्र बनाउने कतिपय कुराहरु सकारात्मक भएपनि कोभिड र आर्थिक मन्दीका कारण निम्तिएका निजी क्षेत्रका समस्या निराकरण गर्न बजेट किंकर्तव्यविमूढ भएको उनले उल्लेख गरे ।
उनले भने, “कर प्रणाली, नविकरण, बैंकका ब्याज लगायतका विषयहरु हामीलाई आवश्यक छ । जसको स्पष्ट उल्लेख गरिएको छैन । बजेट कर्मकाण्डी मात्रै भएर आयो ।”
गण्डकी सरकारले ट्रेकिङ र टुर्स एण्ड ट्राभलिङ क्षेत्रमा मात्र नविकरणमा छुट दिने भनेर उल्लेख गरेको र अरु व्यवसायलाई उपेक्षा गर्न खोजेको जस्तो देखिएको पोखरेलको तर्क छ ।