- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। शिखर शुज इन्ड्रष्ट्रिज प्रालिले नयाँ मोडेलका स्पोर्टस शु बजारमा ल्याएको छ। कोरोना महामारीका कारण सुस्ताएको बजार धेरै मात्रामा सहज भएपछि प्रालिले एकै पटक ४०/५० बढी मोडलका जुत्ताहरू बजारमा ल्याएको हो।
हाललाई महिला, वृद्ध तथा युवा वर्ग सबैको मागलाई ध्यानमा राखी बजारका आएका स्पोर्टस् शुहरु हल्का, लचकदार रहको शिखर शुजले जनाएको छ।
विगत २५ वर्ष देखि यस इन्ड्रष्ट्रिजद्वारा उत्पादन गरी बजारमा बिक्री वितरण गदै आइरहेको विभिन्न मोडलका जुत्ता तथा चप्पलहरू आम नेपाली ग्राहकहरू माझमा ल्याई देशवासी सबैको मनमा बस्न सफल शिखर शुका उत्पादन अत्यन्त हल्का र आरामदायी
रहेको कम्पनीका बजार व्यवस्थापक राजु उप्रेतीले बताए।
शिखर शुका स्पोर्टस शुहरु सम्पूर्ण उमेर समूहका लागि उपयुक्त रहेको र सुपथ मूल्यमा पाइने भएकाले धेरै नेपालीको रोजाइमा पर्ने कम्पनीले विश्वास लिएको छ।
विगत लामो समयदेखि विभिन्न किसिमका स्कुल शु, कलेज शु, पार्टीका साथै लेडिज शु उत्पादन गर्दै आएको नेपालको नम्बर एक फुटव्यर ब्रान्ड शिखर शुले आफ्ना ग्राहकहरूको मागलाई ध्यानमा राखी स्पोर्ट शु बजारमा ल्याएको हो।