arrow

पर्वेज मुसर्रफ घर फिर्कने तयारीमा, सेना सहमत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २ बिहिबार
Pakistan-Flag.jpeg

इस्लामाबाद । २३ वर्षअघि रक्तविहीन विद्रोहमा सत्ता कब्जा गरी नौ वर्ष शासन गरेका पूर्व सेना प्रमुख पर्वेज मुशर्रफलाई दुबईबाट स्वदेश फर्कन दिने पाकिस्तानी सेनाले बुधबार बताएको छ । 

उनका पारिवारिक स्रोतले गत हप्ता ७८ वर्षीय मुशर्रफ दुबईमा रहेको र उनको शरीरका प्रमुख अङ्गहरूले काम गर्ने छोडिसकेकोले निको हुने सम्भावना कम भएको बताएको थियो । उपचारका लागि सन् २०१६ मा पाकिस्तान छोड्न अनुमति पाएपछि उन पाकिस्तान फर्किएका छैनन् । 

जनरल मुशर्रफले आफ्नो शासन अवधिसँग सम्बन्धित थुप्रै अदालत मुद्दाहरूको सामना गरिरहेका उनलाई देशद्रोहको आरोपमा उनको अनुपस्थितिमा मृत्युदण्ड दिइएको थियो । यद्यपि उक्त फैसला पछि रद्द गरिएको छ ।

पाकिस्तानी सेनाको ‘इन्टर सर्भिस पब्लिक रिलेशन्स (आईएसपीआर)’ प्रचार शाखाका प्रमुख मेजर जनरल बाबर इफ्तीखरले स्थानीय सञ्चारमाध्यमसँग भने, “यो संस्था र यसको नेतृत्व पर्वेज मुशर्रफको खराब स्वास्थ्यलाई ध्यानमा राखेर देश फर्किन चाहेमा उनको परिवारको चाहनाअनुसार स्वदेश फर्किन दिनुपर्ने निष्कर्षमा पुगेको छ ।” आईएसपीआरले बुधबारको दिन एएफपीलाई आफ्नो टिप्पणी पुष्टि ग¥यो ।

मुशर्रफले अझै पनि देश फर्किएपछि पनि थुप्रै मुद्दाहरूको सामना गर्नुपर्ने मतहरू पनि आएका छन् । 

पाकिस्तानको स्वतन्त्रतापछि सेनाले विभिन्न समयमा लामो समयसम्म पाकिस्तानमाथि शासन गर्दै आएको छ । सन् १९९९ मा तत्कालीन प्रधानमन्त्री नवाज शरीफले मुशर्रफ सेना प्रमुख रहेका समय पदबाट निलम्बन गर्न खोजेपछि मुशर्रफले सेनाको सहयोगमा राज्यसत्ताको नेतृत्व पनि सम्हालेका थिए। त्यसपछि करिब नौ वर्ष उनले पाकिस्तानमा शासन गरेका थिए ।

उनको कार्यकाल पहिले कमजोर रहेको पाकिस्तानी अर्थतन्त्र सुधारका लागि उनको नेतृत्व सफल भएको थियो । यद्यपि सत्तामा रहँदा मानव अधिकार उल्लङ्घन तथा भ्रष्टाचार गरेको आरोपमा उनविरूद्ध दर्जनौँ मुद्दाहरू पाकिस्तानी अदालतमा विचाराधीन अवस्थामा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ