arrow

असर वायु प्रदूषणको, दिल्लीमा १० वर्ष र लखनउमा ९ वर्ष आयु घटायो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २ बिहिबार
delhi-dust.jpg

काठमाडौं । वायु प्रदूषण मानव स्वास्थ्यको लागि सबैभन्दा गम्भीर खतरा हो । भारतमा यस्तो खतरा अझै उच्च देखिन्छ । शिकागो विश्वविद्यालय (ईपीआईसी) को ऊर्जा नीति संस्थानका अनुसार दिल्ली संसारको सबैभन्दा प्रदूषित शहर हो । वायु प्रदूषणले दिल्लीमा लगभग १० वर्ष र लखनउमा साढे ९ वर्ष आयु घटाएको छ । 

एयर क्वालिटी लाइफ सूचांकअनुसार इन्डो–गंगाको मैदान संसारको सबैभन्दा प्रदूषित क्षेत्र हो । वर्तमान प्रदूषण स्तर जारी रहे पञ्जाबदेखि पश्चिम बंगालसम्म आधा अर्बभन्दा बढी मानिसहरूले औसत ७.६ वर्षको आयु गुमाउनेछन् ।

यसको विपरित बाल र मातृ कुपोषणले औसत आयु लगभग १.८ वर्ष र धुमपानले १. वर्षले घटाएको छ । प्रदूषणका कारण दिल्ली र लखनउमा फोक्सो र श्वासपश्वासका विरामी बढेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ