arrow

बागलुङका १६ सडक योजनालाई १८ करोड बजेट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २ बिहिबार
baglung-bazar-ceotab.jpg

बागलुङ । बागलुङ जिल्लाका १६ साना ठूला सडक योजनालाई सङ्घीय सरकारका विभिन्न मन्त्रलयबाट आगमी आर्थिक वर्षका लागि रु १८ करोड ६५ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । बागलुङ-१ अन्तर्गतका १६ नयाँ तथा पूराना सडक, स्तरोन्नति, पूर्वाधार र कालोपत्रका लागि बजेट बिनियोजन भएको छ ।

सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय र शहरी विकास मन्त्रालय अन्तर्गत १६ सडक ओजनाका लागि आर्थिक वर्ष २०७९/०८० का लागि उक्त बजेट बिनियोजन भएको बागलुङ-१ का सङ्घीय सांसद डा. सूर्य पाठकले जानकारी दिए । उनका अनुसार विभिन्न अधुरा सडक पूरा गर्न, भौतिक पूर्वाधार निर्माण गर्न, सडकको पहिरो नियन्त्रण गर्न र केही सडक कालोपत्रे गर्नका लागि बजेट बिनियोजन भएको जानकारी दिए । 

यसैगरी मध्यपहाडी राजमार्गको अछेते-सलाम हुँदै स्वास्थ्य केन्द्र मुलठाना पुग्ने सडक स्तरोन्नतिका लागि रु एक करोड, बागलुङ बजार-तित्याङ-शान्तिपूर सडक मर्मतका लागि रु ५० लाख, बागलुङ-१० गलुवा हुँदै तल्लो गलुवा-काउँरेडाँडा-देउराली हुँदै अर्वादी सडकका लागि रु ५० लाख, बागलुङ नगरपालिका-१ मालढुङ्गा-पाग्दा-लहरेबर हुँदै अमलाचौर जोड्ने सडक स्तरोन्नतिका लागि रु एक करोड बिनियोजन भएको छ । 

यस्तै, कुश्मिशेरा-जैदी-ज्यामीरे-नाम्दुक हुँदै शान्तिपुर जोड्ने सडक स्तरोन्नतिका लागि रु एक करोड, बागलुङ-डाँठे ताल बानपा-१०, भकुण्डे हुँदै रायडाँडा पुग्ने सडकका लागि रु ५० लाख र बागलुङ गिठे अमलाचौर हुँदै पैयुपाटा सडक स्तरोन्नतीका लागि रु ५० लाख बिनियोजन गरिएको छ ।

यस्तै, एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक अन्तर्गतको बागलुङ बजारको अदालत चौपारी-सिगाना-चापाखर्क-गाँजाको दह हुँदै बरेङ शान्तिपुर जोड्ने सडक कालोपत्रका लागि रु पाँच करोड विनियोजन भएको छ । उक्त सडकको पहिलो चरणमा १० किलोमिटर सडक बागनपा-३ देखि सिगानासम्मको १० किलोमिटर सडक कालोपत्रका लागि बहुवर्षे ठेक्का प्रक्रियामा गइसकेको छ ।प्रदेश अन्तर्गत काम हुँने स्थानीय सडक सञ्जाल सुधार कालोपत्र अदालत चौपारी-तित्याङ-सालबोट, भकुण्डे, रायडाँडा हुँदै दमेक र बरेङ जोड्ने सडक कालोपत्रका लागि रु तीन करोड बजेट बिनियोजन भएको छ ।

यस्तै, आगामी आर्थिक वर्षमा शहरी विकास मन्त्रालय अन्तर्गत बागलुङको जैमिनी नगरपालिकाको तल्लो सडक स्तरोन्नतिका लागि रु ९७ लाख, जैमिनी नगरपालिका-१ आहारचौर हुँदै भण्डार सडक स्तरोन्नतिका लागि रु एक करोड, पैयूपाटा-जलजला-भैरवस्थान सडक क्रमागत योजना अन्तर्गत कालोपत्रका लागि रु एक करोड र बागलङ नगरपालिका-१२ अमलाचौर, छापाखोला सडक स्तरोन्नतिका लागि रु ४८ लाख ५० हजार रकम बिनियोजन गरिएको छ ।  

यस्तै, बागलुङ तित्याङ-निफन्नी-भकुण्डे सडक स्तरोन्नति गर्न रु दुई करोड, करिडोर धुरपुला-तालकुना सडक मर्मतका लागि ४८ लाख र बुकेनी-मनकामना-गैराफाँट हुँदै बौडैचौर पुग्ने सडकका लागि रु २३ लाख ५० हजार बजेट बिनियोजन गरिएको छ ।

बजेट साउन लगत्तै कार्यान्वयनमा जाने सङ्घीय सांसद पाठकले जानकारी दिए । सडकमा परेको बजेट कार्यान्वयनमा गएसँगै ग्रामिण सडक, रणनैतिक योजना, बहुवर्षे, क्रमागतका योजनाले सार्थकता पाउने र जनतालाई यातयातको क्षेत्रमा सहज हुँने उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ