arrow

धादिङमा बाढीपहिरोले ७५ घर क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २ बिहिबार
pahiroi.jpg
फाइल तस्वीर

धादिङ । तीन दिनदेखि लगातार परेको वर्षासैँगै आएको बाढी पहिरोबाट त्रिपुरासुन्दरी र गङ्गाजमुना गाउँपालिकाको विभिन्न स्थानका ७५ घरपरिवार विस्थापित भएका छन् ।

गङ्गाजमुना-६ बसेरीमा वर्षाका कारण २४ घर विस्थापित भएको छ । उनीहरूले गएरातिदेखि घर छाडेर अन्यत्र गएका छन्  ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार गङ्गाजमुना-६ बुढाथुममा १४, गङ्गाजमुना-५ फूलखर्कमा १४ घर, वडा नं २ रिमा १३  घर विस्थापित जनाइएको छ । विस्थापितका लागि त्रिपाल तथा टेन्टसमेत गाउँमा पुग्न नससकेको गाउँवासीले बताएका छन् ।

गङ्गाजमुना गाउँपालिका अध्यक्ष भक्त लामाले विपद् परेर विस्थापित भएकाहरूको संख्या धेरै रहेको जानकारी दिए । कच्ची सडक खन्दा ध्यान नदिएका कारण धेरै पहिरो आउँदा क्षति पुगेको नव निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीले बताए ।

शुक्रबार बस्ने विपद् व्यवस्थापन समितिको बैठकले पहिरो पीडितलाई राहत उपलब्ध गराउन निर्णय गरिने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ