arrow

जन्मदिनमा सीले पुटिनलाई भने- चीनले रुसलाई सुरक्षा सहयोग गर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २ बिहिबार
xi-putin.jpg

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको फोनकलमा 'सार्वभौमिकता र सुरक्षा'मा मास्कोलाई आफ्नो समर्थन निरन्तर रहेको बताएका छन् ।

रुसले युक्रेनमाथि गरेको आक्रमणलाई लिएर विश्वभर विरोध चलिरहेका बेला चीनले आफ्नो समर्थन दोहोर्याएको हो । आफ्नो ६९ औँ जन्मदिनको अवसरमा बोल्दै सीले दुई देशबीचको रणनीतिक समन्वयलाई गहिरो बनाउने वाचासमेत गरेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

क्रेमलिनले जारी गरेको छुट्टै वक्तव्यमा दुई नेताहरूले आफ्नो देशको सम्बन्ध 'अहिलेसम्मकै उच्च बिन्दु'मा रहेको उल्लेख गरेको छ । यसका साथै रुसले व्यापक साझेदारीलाई निरन्तर गहिरो बनाउँदै लैजाने आफ्नो प्रतिबद्धता पुन: पुष्टि गरेको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेयता दुई नेताबीच दोस्रो पटक फोनवार्ता भएको हो । रुसले यो आक्रमणलाई बिशेष सैन्य अपरेशन भनेझैं चीनले पनि रुसको कारबाहीलाई आक्रमणको रूपमा उल्लेख गरेको छैन ।

बुधबारको फोन कलमा सीले चीनले सधै युक्रेनको 'स्थितिको स्वतन्त्र रूपमा मूल्याङ्कन' गरेको बताउँदै 'युक्रेन संकटको उचित समाधान'को लागि 'सबै पक्षहरूलाई' जोड दिन आह्वान गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ