arrow

अन्तर्राष्ट्रिय गुणस्तरको छवि बनाउँदै सीजी बाण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २ बिहिबार
cg-meridia-product.jpg

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी ब्राण्ड इलेक्ट्रोनिक्सले नेपालीको आवश्यकतालाई ख्याल गरेर अगाडि बढिरहेको जनाएको छ । चौधरी ग्रुपले सीजी ब्राण्ड विषेशगरी सम्पूर्ण नेपालीहरुलाई मध्यनजर गरी प्रिमियम प्रोडक्ट उचित बजेटमा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको जनाएको छ । 

सन् २००५ देखि सीजीले टेलिभिजन र डीभीडीहरु आफ्नै देशमा बनाउने र बिक्री वितरण गर्न शुरु गरेको थियो । आफ्नै देशमा बनाउने हुनाले सीजीमा नेपालीपन झल्किएको उसको दाबी छ । 

त्यसपछि आफ्ना सामानहरुमा अझै बढी रेन्जहरु थप्दै गएको सीजीले होम इन्टरटेन्मेन्ट, होम अप्लाइन्सेस, एसी, साना घरायसी सामानहरु, सीएफएल बल्भ, एलईडी टीभी, एलईडी लाइटस्, अडियो सिस्टम, सोलार, चिम्नी जस्ता सामानहरु रहेको जनाएको छ । 

छोटो समयमा नै सीजीले धेरै भन्दा धेरै सामानहरु आफ्नो ब्राण्डमा ल्याइ फलस्वरुपः नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड बन्न सफल भएकोसमेत प्रमाण दिएको छ । 
 
नेपालको एक मात्रै आइएसओ ९००१ः२०१५ बाट प्रमाणित सीजी ब्राण्ड, गुणस्तरीय सामान उचित बजेटमा उपलब्ध गराइ प्रत्येक नेपालीको चाहनालाई परिपूर्ति गर्ने ब्राण्डको प्रमुख दृष्टिकोण रहेकोसमेत चौधरी ग्रुपले जनाएको छ । 

प्रत्येक नेपालीको घर घरमा सीजी ब्राण्ड पुर्याउने प्रमुख उद्देश्य बताउँदै आएको उसले बजारमा ५०० वटा भन्दा बढी लाइनअपमा सामानहरु उपलब्ध रहेको जनाएको छ । यी सामानहरु बिक्री वितरण गर्न सीजीले आफ्नो डिलर नेटवर्क पनि विस्तार गरेको छ ।

सीजीसँग नेपालभर पाँच सय बढी डिलरहरु सक्रियताका साथ आबद्ध रहेको सीजीले बताएको छ । करिब २०० भन्दा बढी सर्भिस सेन्टरहरु रहेको हुनाले ग्राहकलाई सर्वसुलभ रुपमा सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । 

सीजीले नेपालमा हालसम्म आफ्नै १३ ओटा डिजिटल शोरुमहरु खोलेको छ । उसले www.cginspiringlife.com नामक वेभसाइट पनि बनाएको जनाएको छ । 

सीजी ब्राण्डलाई अझै माथि लैजाने उद्देश्यले हालै सीजीले सीजी ब्राण्डमा सिग्नेचर सिरिज सीजी मेरिडिया ल्याएको जनाएको छ । यो सिरिजमा टीभी, वासिङ मेसिन, एसी, रेफ्रिजेरेटर, भ्याकुम, राइसकुकर, इन्डक्सन, ग्याँस स्टोभ, पंखा, एयर प्रायर जस्ता प्रिमियम प्रोडक्टहरु आइसकेका छन् भने अरु पनि प्रोडक्टहरु ल्याउने क्रम जारी नै रहेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ