arrow

पहिलो पटक अबदेखि शुक्रबार पनि शेयर कारोबार शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३ शुक्रबार
bull-stock-nepse-share.jpg

काठमाडौं । आजदेखि शुक्रबार पनि शेयर कारोबार हुन थालेको छ । सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शुक्रबार पनि शेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको थियो । 

सोहीअनुसार पहिलो पटक शुक्रबार पनि सेयर कारोबार हुने भएको हो । शुक्रबार भने बिहान ११ बजेदेखि १ बजेसम्म २ घण्टामात्र कारोबार हुने नेप्सेले जानकारी गराएको छ ।

आइतबारदेखि बिहीबारसम्म दिनको ४ घण्टा अर्थात् बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म शेयर कारोबार हुनेछ । यसअघि शनिबार र आइतबार सार्वजनिक बिदा गर्ने सरकारको निर्णयपछि नेप्सेले शुक्रबार सेयर कारोवार खुला गरेर आइतबार बन्द गर्दै आएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ