arrow

अब 'एआई' ले भनिदिनेछ मौसमअनुसार शेयर बजारमा हुने उत्तारचढाव

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३० बुधबार
stock-nasdaq.jpg

काठमाडौँ । चीनले मौसममा आउने परिवर्तनले वित्तीय बजारमा पार्ने प्रभावको विश्लेषण गर्न सक्ने विश्वकै पहिलो कृत्रिम बौद्धिक (एआई) मोडल सार्वजनिक गरेको छ। चीन मौसम विभाग (सीएम्ए) का अनुसार यो प्रविधि जलवायु जोखिम व्यवस्थापन र वित्तीय बजारको पूर्वानुमानमा एक महत्त्वपूर्ण उपलब्धि हो।

‘शाङ्जी–१’ नाम दिइएको यस मोडललाई शाङ्घाईस्थित फुदान विश्वविद्यालय र राष्ट्रिय मौसम सूचना केन्द्रले संयुक्त रूपमा विकास गरेका हुन्। यसले विशेषगरी मौसमका विभिन्न तत्वहरूले स्टक मूल्यमा कस्तो असर पार्छन् भन्ने मूल्याङ्कन गरी लगानीकर्तालाई सही निर्णय लिन र सम्भावित वित्तीय जोखिम व्यवस्थापन गर्न मद्दत पुर्‍याउँछ।

मोडलका मुख्य विकासकर्ता झाओ यान्सियाले यो मोडलले विश्वव्यापी मौसम डेटा र चीनको ऐतिहासिक स्टक व्यापार डेटाको संयोजन गरी ए–सेयर बजारका स्टकहरूको छोटो अवधिको प्रतिफल अनुमान गर्न सक्ने बताएका छन्। प्रारम्भिक परीक्षणका क्रममा यसले सौर्य ऊर्जा, पेट्रोकेमिकल, निर्माण र कृषि जस्ता मौसमसँग प्रत्यक्ष जोडिएका उद्योगहरूको बजार प्रवृत्ति सही रूपमा पहिचान गरेको पाइएको छ।

फुदान विश्वविद्यालयका प्रोफेसर ली हाओका अनुसार ऐतिहासिक तथ्याङ्कहरूमा यस मोडलले स्थिर र सकारात्मक प्रतिफल दिएको देखिएको छ। यो मोडलको प्रयोगबाट कम्पनीहरूले जलवायु जोखिम घटाउन, बैंकहरूले लगानीको सुरक्षा सुनिश्चित गर्न र व्यक्तिगत लगानीकर्ताले बजारको रणनीतिक विश्लेषण गर्न सक्नेछन्। अनुसन्धान टोलीले आगामी दिनमा यसलाई बजारको बदलिँदो गतिशीलतासँग मेल खाने गरी निरन्तर परिष्कृत गर्दै लैजाने योजना बनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ