arrow

युरोपमा ग्यास निर्यात बढाउन ईयूसँग इजरेल र इजिप्टबीच सम्झाैता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३ शुक्रबार
israel-egypt-eu.jpg

काठमाडौं । रुस-युक्रेन युद्धका कारण आपूर्ति शृङ्खला अवरुद्ध हुँदा रुसी ऊर्जा आयात प्रतिस्थापन गर्दै युरोपमा प्राकृतिक ग्यास निर्यात बढाउने उद्देश्यले इजरेल र इजिप्टले बुधबार एक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् ।

'युरोपेली संघ ईयूसँग हस्ताक्षर गरिएको फ्रेमवर्क सम्झौताले युरोपमा इजरेली ग्यासको महत्वपूर्ण निर्यातलाई अनुमति दिने पहिलो हुनेछ,' इजरेलको ऊर्जा मन्त्रालयले भनेको छ ।

सम्झौता अन्तर्गत ईयूले युरोपेली कम्पनीहरूलाई इजरेली र इजिप्टको अन्वेषण टेन्डरहरूमा भाग लिन प्रोत्साहित गर्नेछ ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले भनेकी छिन्,'वास्तवमा हामी युरोपेली माटोमा युद्धको अनुभव गरिरहेका छौं र त्यसैले हामी अब हाम्रो ऊर्जा आपूर्तिलाई रुसी जीवाश्म इन्धनबाट टाढा अन्य विश्वसनीय आपूर्तिकर्ताहरूलाई पूर्णरूपमा विविधिकरण गर्ने प्रक्रियामा छौं र ती विश्वसनीय आपूर्तिकर्ताहरू तपाईंहरु हो ।'

केही इजरेली ग्यास पहिले नै पाइपलाइनद्वारा इजिप्टको भूमध्यसागरको तटमा रहेका तरलीकरण प्लान्टहरूमा पठाइसकिएको छ, जहाँबाट यसलाई तरल प्राकृतिक ग्यास (एलएनजी) को रूपमा पुन: निर्यात गरिन्छ ।

अधिकारीहरूले सम्झौता अन्तर्गत इजिप्टबाट युरोपमा एलएनजीको ढुवानी बढ्ने अपेक्षा गरेका छन् । यद्यपि उनीहरूले निर्यातलाई उल्लेखनीय रूपमा विस्तार गर्न केही वर्ष लाग्ने बताएका छन् ।

उर्सुलाले अघि भनेकी छिन्, 'र म यसलाई भूमध्यसागरव्यापी सम्झौताको लागि पहिलो चरणको रूपमा देख्छु किनभने मैले देखेको छु कि परम्परागत ऊर्जा आपूर्तिहरू उत्तरी भागबाट अहिले विश्वव्यापी दक्षिणतिर सर्दैछ किनभने तपाईंसँग प्रशस्त प्राकृतिक स्रोतहरू छन् । तपाईंसँग सूर्य छ, तपाईंसँग हावा छ, तपाईंसँग आंशिक रूपमा जलविद्युत छ, त्यसैले यी भविष्यको विश्वव्यापी स्वच्छ ऊर्जालाई खुवाउने प्रिअडिशन स्रोतहरू हुन् ।'

सन् २०३० सम्म ईयूको ऊर्जा बजारमा प्राकृतिक ग्यासको केन्द्रीय भूमिका रहने सम्झौताले स्वीकार गरेको छ। त्यसपछि सन् २०५० सम्ममा शून्य उत्सर्जन गर्ने अर्थतन्त्र बन्ने प्रतिबद्धताअनुसार प्राकृतिक ग्यासको प्रयोगमा कमी आउने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ