arrow

विपद्का घटनामा उद्धार कार्यलाई प्रभावकारी बनाउन तालिम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३ शुक्रबार
nepal-police-logo.png

पोखरा । खोंचमा खसेको घाइतेको उद्दार तथा उद्दारपश्चात प्राथमिक उपचार गर्ने सम्बन्धी अनुशिक्षण तालिम शुभारम्भ भएको छ । तालिम नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई प्रदान गर्न लागिएको हो । सशस्त्र प्रहरी गण मुख्यालय पोखरा र गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बाग्लुङमा एकैपटक उक्त तालिम शुभारम्भ गरिएको हो । 

तीन दिन सञ्चालन हुने तालिममा नेपाली सेनाका १०, नेपाल प्रहरीका ४० र सशस्त्र प्रहरी बलका १० जना प्रशिक्षार्थी सहभागी छन् । मनसुनजन्य विपद्का घटनामा उद्धार कार्यलाई प्रभावकारी बनाउन तालिम प्रदान गरिएको बताइन्छ । 

तालिम शुभारम्भ गर्दै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका निमित्त कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले विपद जुनसुकै समयमा पनि आईपर्न सक्ने भएकाले यसको सामना गरी उचित व्यवस्थापनका लागि आवश्यक श्रोत र साधनसहित मानसिक र शारीरिकरुपमा तयार रहिरहनुपर्ने बताए । 

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी नाममा फरक भए पनि विपद्को अवस्थामा उद्देश्य समान रहेको भन्दै आफू सुरक्षित भएर घाइतेको उद्दार गर्नुपर्नेमा जोड दिए । 

उक्त अवसरमा तालिम संयोजक सशस्त्र प्रहरी गण पोखराका प्रहरी नायव उपरीक्षक दीपक केसीले तालिमको उद्देश्य र कार्यतालिका प्रस्तुत गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ