arrow

नागरिकता विधेयकबारे छलफल गर्न गृहमन्त्री र कानूनमन्त्री ओली निवास बालकोटमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३ शुक्रबार
oli-balkot-home.jpg

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ताका लागि गृहमन्त्री बालकृष्ण खाँण र कानून मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला बालकोट पुगेका छन् ।

शुक्रबार साँझ दुई मन्त्री बालकोटस्थित ओली निवास पुगेका हुन् । ओलीसँग मन्त्रीद्वयले नागरिकता विधेयकबारे छलफल गरेको बताइएको छ । दलीय सहमतिमा नागरिकता विधेयक अघि बढाउने सरकारको तयारी छ । 

गृहमन्त्री खाँणले नागरिकता विधेयकबारे पटकपटक दलका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधि सभामा पेस गरेको छ । 

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले पनि नागरिकता विधेयक अघि बढाउन माग गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ