arrow

खोलामा डुबेर मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३ शुक्रबार
child-death-sink-pond.jpg

तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं. ५ स्थित साँगेखोलामा डुबेर एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका वडा नं. ७ का १८ वर्षीय रुपेश विक रहेका छन् । 

माछा मार्ने क्रममा खोलामा निजको विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए । 

विकसँगै माछा मार्न गएका १७ वर्षीय विशाल उचैको भने सामान्य अवस्थामा प्रहरी र स्थानीयवासीले जीवितै उद्धार गरी निजको दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ