arrow

भारतमा ‘अग्नीपथ’ ले निम्त्यायो हिंसा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ४ शनिबार
india-police-2022.jpg

काठमाडौं । भारतमा सङ्घीय सरकारले घोषणा गरेको अग्नीपथ योजना विरुद्धका प्रदर्शन हिंसात्मक हुन थालेका छन् । प्रदर्शनका क्रममा आन्दोलनकारीले ३४० भन्दाबढी रेड सेवालाई प्रभावित पारेका छन् भने ठूलो भौतिक क्षति भएको छ । 

अग्नीपथ योजनाका विरुद्धमा विषेश गरेर युवा आक्रोसित भएका छन् । उनीहरुले अन्याय र अव्यवहारिक योजना सरकारले ल्याएकाले त्यो फिर्ता हुनुपर्ने माग गरेका छन् ।  

भारतको सङ्घीय रक्षा मन्त्रालयले गत मङ्गलबार घोषणा गरेको अग्नीपथ योजनाअनुसार सैनिक सेवामा प्रवेश गरेका ७५ प्रतिशत युवाले चार वर्षमै अवकास पाउने छन् । 

भारतका जल सेना, स्थल सेना र वायु सेना गरी तीन ओटै सैन्य सेवामा जवान पदका लागि चार वर्षे सेवा अवधिका लागि मात्रै भर्ना खुलाउने ‘अग्निपथ’ योजनामा उल्लेख गरिएको छ । 

त्यसका लागि २१ वर्षमा भर्ना हुन पाउने र २५ वर्ष पुग्दा उनीहरु अवकास हुनुपर्ने व्यवस्था गरिएको छ । भर्ना भएकामध्ये २५ प्रतिशतले मात्रै चौथोबाट सेवालाई निरन्तरता दिन पाउने र बाँकी ७५ प्रतिशतले सैन्य सेनाबाट बाहिरिनुपर्ने भएपछि युवाहरु आक्रोशित भएका हुन् । 

ती अवकास भएकाले पनि पेन्सन नपाउने व्यवस्था गरिएकाले युवा थप रुष्ट भएका छन् । सरकारले धेरै युवालाई रोजगारीको अवसरका लागि यस्तो योजना ल्याएको दाबी गरे पनि युवाले भने यसलाई अव्यवहारिक र अन्यायपूर्ण भएको दाबी गरेका छन् । 

आन्दोलनकारी युवाले रक्षा खर्च कटौती गर्ने बाहनामा लाखौँ युवाको भरपर्दो अवसरलाई सरकारले खोसेको आरोप लगाएका छन् । 

चार वर्षे जागिरले युवालाई  जीवन निर्वाहका लागि पर्याप्त आम्दानी नहुने र बाँकी जीवन थप अन्यौलपूर्ण हुने उनीहरुको भनाइ छ । 

आन्दोलनकारीले विषेशगरी रेल सेवालाई क्षति गरेकाले हिंसात्मक र क्षति हुने गतिविधि नगर्न सरकारले उनीहरुलाई आग्रह गरेको छ । 

रेल मन्त्री अश्विनी वैष्णवले रेल सेवामा क्षति पुर्याउँदा आम नागरिकलाई नै घाटा हुने भएकाले रेल सेवालाई प्रभावित नपार्न अनुरोध गरेका छन् । उनले आफ्ना मागलाई शान्तिपूर्ण तरिकाले उठाउन सुझाव पनि दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ