arrow

बागलुङ उद्योग वाणिज्य सङ्घमा नरेश

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ४ शनिबार
Naresh Kandel bagling.jpg

बागलुङ । बागलुङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा नरेश कँडेल सर्वसम्मत निर्वाचित भएका छन् । सङ्घको निर्वाचन अधिकृत भूमिश्वर गौतमका अनुसार सङ्घको अध्यक्षमा कँडेल सर्वसम्मत निर्वाचित भएका हुन् । सङ्घको नयाँ नेतृत्वका लागि आजै मतदान हुँदै थियो ।

मतदानअघि नै प्रतिस्पर्धी निर्माणकुमार श्रेष्ठलाई हटाएर कँडेललाई सर्वसम्मत अध्यक्ष चयन गरिएको छ। दुवै उम्मेदवार नेपाली कांग्रेस सर्मथक व्यवसायी हुन् । पार्टीले सर्वसम्मत कँडेललाई बनाउन समन्वय गरेपछि निर्माणकुमार श्रेष्ठ पछाडि हटेका हुन् ।

बागलुङ उद्योग वाणिज्य सङ्घको संस्थागत विकास गरी आम उद्योगी र व्यवसायीको हितमा आफूले काम गर्ने अध्यक्ष कँडेलले बताए । उनले सबैलाई समेटेर उद्योगी व्यवसायीको हितमा लाग्ने बताए । कँडेल पूर्वउपाध्यक्ष र निर्वतमान महासचिवसमेत थिए । सङ्घको उद्योग सदस्यतर्फ निलेश राजभण्डारी र ऋषिराम गौतम पनि सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ ।

सङ्घकोे खुलातर्फको १४ सदस्य भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेको थियो । खुला सदस्यमा उम्मेदवारी दिएका राजेश भारीले उम्मेदवारी फिर्ता लिएपछि खुला सदस्य निर्विरोध निर्वाचित भएको थियो ।

खुला सदस्यतर्फ निर्विरोध हुनेमा अर्जुन चोखाल, विष्णु पन्त, श्रीजय श्रेष्ठ, नवीनकुमार श्रेष्ठ, उमाकान्त शर्मा, गणेश लम्साल, महेन्द्रप्रसाद शर्मा, विष्णुप्रसाद अधिकारी, इन्द्रमणि पौडेल, दीपक हमाल, भुपाल कार्की, राजु गौतम, सञ्जय श्रेष्ठ र ईश्वरजङ्ग राजभण्डारी रहेका छन्। मनोनयन दर्तामा अरुको उम्मेदवारी नै नपरेपछि दुई महिला सदस्य यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । कार्यसमितिका पदाधिकारी भने सदस्यमध्येबाटै पछि चुनिने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ