arrow

इनारमा निसासिएर दुई युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ४ शनिबार
death_1618213452.jpg

चितवन । चितवनको माडीमा इनार सफा गर्ने क्रममा निसासिएर दुईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा माडी नगरपालिका-८ का २५ वर्षीय सूर्य गुरुङ र ३० वर्षीय शिव राई रहेका छन् ।

कार्यालका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार माडी नगरपालिका-७ देवेन्द्रपुरकी रिता रेग्मीको घरको इनार सफा गर्ने क्रममा  दिउँसो इनारभित्र पसेका गुरुङ निसासिएपछि उनको उद्वारका लागि गएका राईको डोरी चुडिँदा उनीहरु पानीमा डुबेका थिए । 

पानीमा डुबेका उनीहरुको अक्सिजन कमी भएर मृत्यु भएको अनुमान गरिएको छ । इनारको पानी फाली उनीहरुको शव बाहिर निकालिएको कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ