arrow

जेलेन्स्कीले गरे रुसी घेराबन्दीमा रहेको शहरको भ्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ५ आइतबार
ukeriyan.jpg

काठमाडौं ।  युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध सुरु भएयता पहिलो पटक देशको दक्षिणी शहर माइकोलाइभको भ्रमण गरेका छन्। रुसी घेराबन्दीमा रहेको उक्त शहरको उनले भ्रमण गरेका हुन् । रुसी आक्रमणबाट माइकोलाइभ शहर नराम्ररी ध्वस्त भएको छ। 

शनिवार उनले  क्षतिग्रस्त भवनहरूको निरीक्षण गरेका छन् ।  सैनिक, सरकारी अधिकारी र स्वास्थ्यकर्मीहरूलाई भेटे। स्थानीय अधिकारीहरूसँग भेट गरी बहादुरीका लागि सैनिकहरूलाई सम्मान गरे। 

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार जेलेन्स्कीले शहरमा पानी आपूर्ति र कृषि र अर्थतन्त्रको अवस्थाबारे छलफल गरेका छन् ।

साथै युक्रेनको पूर्वी शहर डोनेट्स्कमा शनिवार रुसी बम आक्रमणमा ५ युक्रेनी नागरिकको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

डोनेट्स्क पूर्वी युक्रेनको डोनबास क्षेत्रको राजधानी हो। यो क्षेत्र सन् २०१४ देखि रुस समर्थक पृथकतावादीहरूले आंशिक रूपमा कब्जा गरेको छ। 

रुसी समाचार एजेन्सीका अनुसार शहरको एउटा सिनेमा र क्याफेलाई लक्षित गरी हमला गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ