arrow

एक सय ८५ यात्रु सवार स्पेसजेट विमानमा आगलागी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ५ आइतबार
spacejet-fire-india-2022.jpg

काठमाडौं । पटनाबाट नयाँ दिल्लीका लागि उडेको स्पेस जेटको विमानको बायाँ इन्जिनमा आगो लागेपछि फर्काएर पटनामै सुरक्षित ढंगले अवतरण गरिएको छ । विमानको बायाँ इन्जिनबाट धुवाँको मुस्लो निस्किएको विमानबारे सार्वजनिक एउटा भिडियोमा देख्न सकिन्छ । 

इन्जिनलाई बन्द गरेर सुरक्षित ढंगले अवतरण गरिएको अधिकारीहरूले जनाएका छन् । विमानमा चरा ठोकिएको उड्डयन नियामक डीजीसीएले जनाएको छ । विमानमा १८५ यात्रु थिए । कोही पनि यात्रु घाइते नभएका प्राप्त विवरणहरूमा जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ