arrow

रुस-युक्रेन युद्ध वर्षौसम्म चल्न सक्छ : नेटो प्रमुख

logo
एजेन्सी,
प्रकाशित २०७९ असार ५ आइतबार
neto-chief.jpg

काठमाडौँ। नेटोका प्रमुख रुस-युक्रेन युद्ध वर्षौसम्म चल्न सक्ने बताएका छन्। उनले पश्चिमा देशहरूलाई युक्रेनको समर्थन जारी राख्नका लागि तयार रहनु पर्ने बताएका छन्।

नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले लडाइँको मूल्य निकै ठुलो भएको भए पनि रूसलई उसको सैन्य योजना हासिल गर्ने मूल्य त्यसभन्दा पनि ठुलो हुन सक्ने बताएका छन्।

जेन्स स्टोल्टेनबर्ग भन्दा पहिला बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पनि रूस-युक्रेन युद्ध लामो समयसम्म चल्न सक्ने बताएका थिए।

जोनसन र स्टोल्टेनबर्ग दुवैले धेरै हतियार पठाउँदा युक्रेनको जीतको सम्भावना बढ्ने बताएको बिबिसीले उल्लेख गरेको छ। 

पश्चिमी देशहरूको सैन्य गठबन्धन नेटोका प्रमुखले युक्रेनलाई आधुनिक हतियार आपूर्ति गर्नाले डोनबासको क्षेत्रलाई स्वतन्त्र गराउने सम्भावना बढ्ने बताए । यस क्षेत्रको ठुलो भाग रुसको नियन्त्रणमा गएको छ।

पछिल्लो केही महिनादेखि रुस र युक्रेनका सैनिक देशको पूर्वी क्षेत्रलाई आफ्नो पकड बलियो बनाउन लडिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ