arrow

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलकै हाराहारीमा मट्टितेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ६ सोमबार
petrol.jpeg

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । आइतबार १२ बजे रातिदेखि लागु हुने गरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको हो । निगमले पेट्रोलमा २१ रुपैयाँ बढाएको छ । त्यस्तै डिजेल र मट्टितेलमा २७ रुपैयाँ बढाएको छ । 

नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १९९ तिर्नुपर्नेछ । डिजेल र मट्टितेल १९२ प्रतिलिटर तिर्नुपर्नेछ । खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत् रहेको छ । 

बढेको मूल्यसँगै पेट्रोल र मट्टितेलको मूल्य हाराहारीमा रहेको छ । बढेको मूल्य ७ रुपैयाँले मात्र फरक रहेको छ । 

इन्डियन आयल कर्पोरेशन (आईओसी) ले बिहीबार नयाँ मूल्य पठाएको थियो । नयाँ मूल्यअनुसार नेपाल आयल निगमलाई पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ ५८ पैसा, डिजेलमा प्रतिलिटर १३ रुपैयाँ ९५ पैसा घाटा छ । 

अन्तर्राष्ट्रिय रूपमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर उकालो लाग्दै गएको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्री वितरण सहज बनाउन पेट्रोलियम पदार्थको खुद्रा बिक्री लागत मूल्य सरह नै हुने गरी कायम गर्नुपर्ने स्थिति रहेको निगमले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ