arrow

ह्वाइट हाउस नजिक गोली चल्यो, प्रहरीसहित धेरै मानिस निशाना बने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ६ सोमबार
america-gun-shoot.jpg

वासिङ्टन ।अमेरिकाको ह्वाइट हाउस नजिक गोलाबारी भएको छ ।  

वाशिङ्टन डीसीको यू स्ट्रीट नर्थवेस्टमा भएको सङगेतिक कन्सर्टमा एक प्रहरी अधिकारीसहित कैयौँ व्यक्तिलाई गोली प्रहार गरिएको छ । 

कार्यक्रम स्थल ह्वाइट हाउसबाट २ माइलभन्दा कम दूरीमा रहेको छ ।  

प्रहरीका अनुसार, 'प्रहरी अधिकारी सहित धेरै व्यक्तिलाई गोली लागेको छ।' डीसी प्रहरीले एक ट्विटमा यसको पुष्टि गरेको छ । गोलाबारीका क्रममा हाम्रा एक प्रहरी अधिकारीलाई गोली लागेको छ। "हामी पुष्टि गर्न सक्छौँ एक सदस्यलाई गोली लागेको छ ।'

सदस्यलाई अस्पताल लगिएको र उनको अवस्था स्थिर रहेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार १४ औँ र यू स्ट्रिटमा रहेको ‘मोचेला’ नामक जुनटिन म्युजिक फेस्टिभलको स्थल वा नजिकै गोली हानाहान भएको हो । घटनाको विस्तृत जानकारी आउन बाकी छ । 

अमेरिकामा बन्दुक हिंसाका बढ्दो घटनाबारे राष्ट्रपति जो बाइडेनले बालबालिका र परिवारको सुरक्षाका लागि अमेरिकाले आक्रमण हतियारमाथि प्रतिबन्ध लगाउन वा किन्नको उमेर १८ वर्षबाट बढाएर २१ वर्ष गर्नुपर्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ